१८ असार २०८१ मंगलबार
image/svg+xml

निर्धारित लक्ष्यको एक चौथाई श्रोत पनि जुटाउन नसक्नु गम्भीर विषयः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले करदातालाई कर तिर्न प्रेरित गर्न मातहत निकायलाई निर्देशन दिएका छन् ।

बागमतीको बजेट ६४ अर्ब ५४ करोड

आगामी आर्थिक वर्षका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।

डेढ अर्ब घटेर आयो लुम्बिनीको बजेट

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

हस्, भइहाल्छ मात्रै भन्ने प्रवृति अब चल्दैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव हुँदैनः सांसद प्रधान

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले राष्ट्रिय सुरक्षाको अभिभारा नेपाली सेनाले मात्रै लिएर सम्भव नहुने बताएका छन्।

सांसद गुरुङको प्रश्न: सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो ?

नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताएका छन्।

नेपालको नुन खाएर विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाही होस: रघुजी पन्त

सत्तारूढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपाल सरकारको जागिर खाँदाखाँदै विदेशी नागरिकता लिने कर्मचारीलाई कारबाही गर्न माग गरेका छन्।

मन्त्रालयहरूले बजेट पुस्तिका पठाएनन्, संसद् बैठक प्रभावित

संघीय संसद सचिवालयले विनियोजन विधेयक २०८१ अन्तर्गत विभिन्न मन्त्रालयमा विनियोजित रकम उल्लेखित पुस्तक सम्बन्धित मन्त्रालयले उपलब्ध नगराएका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको बताएको छ।

कोशीको नीति तथा कार्यक्रम पारित

बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।

राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगरियोस्ः सांसद डाँगी

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

अग्रिम आयकरले उद्योग नै बन्द हुन सक्छः नेपाल मैदा उद्योग संघ

सरकारले आगामी आर्थिक वर्षदेखि कच्चा पदार्थ गहुँको आयातमा २.५ प्रतिशत अग्रिम आयकर लगाएको भन्दै नेपाल मैदा उद्योग संघले आपत्ति जनाएको छ ।

सरकारले ल्याएको बजेट साझा न्युनतम संकल्पसँग तालमेल भएर आएनः सांसद गैरे

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरे बजेटमा साझा न्युनतम संकल्पसँग मेल नखाएको बताएका छन्।

काठमाडौं उपत्यकालाई सांस्कृतिक सहर घोषणा गरौंः प्रमुख सचेतक परियार

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताएका छन्।

बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरकः माओवादी सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सापेक्ष, वस्तुवादी र यथार्थपरक रहेको बताएका छन्।

बजेट जनतामा विद्यमान निराशा चिर्नेगरी आएको छः देवेन्द्र पौडेल

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्