२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशीको नीति तथा कार्यक्रम पारित

फाइल तस्बिर

कोशी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।  

जेठ २१ गतेको  प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममाथिको छलफल पछि बिहीबारको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।  

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री कार्कीले राजनीतिक अस्थिरताले प्रदेशको विकासमा बाधा पु¥याएको बताए । उनले सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको जानकारी दिए ।  

नीति तथा कार्यक्रम माथि संसोधन प्रस्ताव दर्ता गराएका सांसदहरू राजन किराँती, खम्बु, शेर्पा र निर्मला लिम्बुले उठाएका विषयलाई बजेटमार्फत सम्बोधन गर्ने मुख्यमन्त्री कार्कीले प्रतिपद्धता जनाएपछि सांसदहरूले राखेको संसोधन प्रस्ताव फिर्ता लिएका थिए ।  

मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङले जेठ २१ गते प्रदेशसभामा सम्बोधनमार्फत प्रस्तुत गरेको  सरकारको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाले सर्वसम्मतले पारित गरेको थियो ।  

प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै कोशी प्रदेश सरकारले आगामि आर्थिक वर्ष ०८१-८२ को बजेट ल्याउने बाटो खुल्ला भएको छ । प्रदेशहरूले असार १ गते भित्रमा बजेट ल्याइसक्नुपर्ने व्यवस्था रहेको छ ।  

कोशी प्रदेशसभाको आगामि बैठक असार १ गतेलाई राखिएको सभामुख विष्टले प्रदेश सभाको बैठकमा जानकारी दिएका छन् ।  

प्रकाशित: २४ जेष्ठ २०८१ १५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App