२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले ल्याएको बजेट साझा न्युनतम संकल्पसँग तालमेल भएर आएनः सांसद गैरे

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरे बजेटमा साझा न्युनतम संकल्पसँग मेल नखाएको बताएका छन्।

बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्। 

उनले सत्तारुढ दलले सार्वजनिक गरेको साझा संकल्प,कार्यक्रम, समझदारी,नीति सिद्धान्त र बजेटबीच तालमेल र लय नमिल्ने बजेट आएको टिप्पणी गरे। 

बजेट निर्माणको परम्परागत प्रवृत्ति अहिलेसम्म पनि कायम रहेको र प्रतिपक्षले बजेटलाई निहुँ मनाएर सरकार ढाल्न सकिन्छकी भनेर बिरोधका लागि बिरोध गर्ने,सत्तापक्षमा रहेका कारण अतिरञ्जनापूर्ण समर्थन गर्ने र दाबेदारी गर्ने दुवै प्रवृत्ति गलत रहेको उनको भनाइ छ। 

उनले भने,‘सत्तारुढ दलहरुसँग भएको साझा न्युनतम कार्यक्रम समझदारी,नीति सिद्धान्त कार्यक्रम र बजेटको बीचमा सुर, ताल र लय मिल्नुपर्ने त्यसमा खड्कीको महशुस भएको छ। बजेट निर्माणको परम्परागत प्रवृति अहिलेसम्म पनि कायम छ। प्रतिपक्षले बजेटलाई निउ मनाएर सरकार ढाल्न सकिन्छ की भनेर विरोधका लागि बिरोध गर्ने,सत्तापक्षमा रहेका कारण अतिरञ्जनापूर्ण समर्थन गर्ने दुवै प्रवृत्ति गलत कुरा हो। आलोचनात्मक ढङ्गले प्रश्तुत हुँदा सही सुझावहरु दिँदा र सुझाव स्वीकार गर्दा अर्थमन्त्री  र सरकार कमजोर हुने होइन अझ बलियो र जनप्रिय बन्छ भनेर जान जरुरी छ। बजेटमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृतिको अन्त्य गर्न आवश्यक रहेको छ।’

उनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र संयमित भएपनि कार्यान्वयनमा चुनौति रहेको बताए।

प्रकाशित: २३ जेष्ठ २०८१ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App