अध्यक्ष ओली भन्छन्ः समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ

मलाई लाग्छ, मदन भण्डारी केबल पदको पगरीले नभई विचारले र कामले आफ्नो परिचयले बनाउनसक्ने क्षमता भएको एक नेता हुनुहुन्थ्यो। उहाँको प्रतिभा बहुआयामिक थियो। राजनीतिज्ञ, चिन्तक, साहित्यकार, कवि, लेखकलगायत क्षमता र प्रतिभाको सङ्गम हुनुहुन्थ्यो मदन भण्डारी।