२१ असार २०८१ शुक्रबार
image/svg+xml

रुकुम घटनाका दुई वर्षः पीडितलाई न्याय माग्दै राजधानीमा प्रदर्शन

प्रर्दशनमा उनीहरूले नवराज विकसहित ६ जना युवाको हत्या भएको दुई वर्ष बितिसक्दा पनि न्यायिक प्रक्रियमा ढिलाइ भएको र घटनामा संलग्न कतिपय अभियुक्तलाई धरौटीमा छोड्ने जस्ता गैरन्यायिक क्रियाकलाप भएको भन्दै घटनाका दोषी उपर उचित कारवाहीको माग गरेका छन्।

रुकुम घटनाको मानवशास्त्र

बुझ्नुपर्ने कुरा, दलित हत्याराको मस्तिष्कभित्र संविधानभन्दा बलियो अर्को कानुन छ जसले हत्यालाई वैधता दिइरहेको छ।

रुकुम घटनाका पीडितलाई पाँच लाख सहयोग

रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

रुकुम घटनाको प्रतिवेदन बुझाउने बाटो खोजिँदै

रुकुम घटनाको प्रतिवेदन सरकारलाई बुझाउनअप्ठ्यारो अवस्था आएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकसँग बिहीबार छलफल गरेका छन्।

'रुकुम घटना जातीय छुवाछुतकै आधारमा'

रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमागत जेठ १० मा ६ जनाको ज्यान जानेगरी भएको घटना जातीय छुवाछुतका आधारमा भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ।

रुकुम घटनाविरुद्ध सडक बहस

६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध आज बानेश्वर सडक बहस भएको छ । रुकुममा भएको जातीय हत्या र विभेद विरुद्ध सडक बहस कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो । बहसमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहोनीले झण्डै ५० लाख जनसंख्या भएको दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण घटना घटेको बताए ।

रुकुम घटना: मृतकका परिवारलाई एक–एक लाख

कर्णाली प्रदेश सरकारले रुकुम (पश्चिम)मा भएको घटनाका मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। असार १ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रुकुम घटनामा मृत्यु भएका छ जनाको परिवारलाई एक–एक लाखका दरले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्।

पुर्पक्षका लागि दुई जनालाई सुधार गृह पठाउन आदेश

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा संलग्नमध्ये दुई जनालाई जिल्ला अदालतले बाल सुधारगृह पठाउने आदेश दिएको छ।

आजीवन कारावासको माग गर्दै अदालतमा मुद्दा दर्ता

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका आरोपी विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको आजीवन कारावास सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो । सोती घटनामा भएको सामूहिक आक्रमणपछि ६ जना युवाहरुको हत्या भएकाले पीडितको न्यायका लागि आजीवन कारावासको माग गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

रुकुम घटना : ‘नवराज हिँड्नुभन्दा पहिले नै घेराबन्दीको तयारी’

गत जेठ १० गत शनिबार दिउँसो जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक आफ्ना १८ जना साथीसहित प्रेम बिहेका लागि केटी लैजान रुकुम पश्चिमको चौरजहारी हिँड्छन् । उनीहरु जाजरकोटमा छँदा नै साथीसहित नबराज हिँडेको खबर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसमक्ष आउँछ ।

रुकुम पश्चिम घटनाको सत्यतथ्य बाहिर ल्याउँछौं : पौडेल

रुकुम पश्चिमको चौरजहारी, सेती घटनाको अनुसन्धान गर्न बनेको संसदीय विशेष छानबिन समितिका संयोजक देवेन्द्र पौडेलले घटनाको बास्तविकतालाई बाहिर ल्याउने बताएका छन्। नागरिकन्यूजसँग कुरा गर्दै उनले भने, 'भर्खरै समिति गठन भएको छ। तुरुन्तै समितिको बैठक बसेर कार्ययोजना बनाएर अघि बढ्छौं।'

रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन

रुकुम पश्चिमको चौरजहारीमा भएको हत्याकाण्ड अनुसन्धानका लागि संसदीय विशेष छानबिन समिति गठन भएको छ। सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो। छनविन समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य छन्।

रुकुम घटना: किन बन्दैन साझा मुद्दा ?

२१औं शताब्दीमा पनि देखिएका यस्ता घटनाले नेपाली समाज कतातिर जान खोज्दै छ, गम्भीर प्रश्न खडा गरेको छ।

विचलित वर्तमान

संसारलाई लोकतन्त्रको पाठ पढाउने अमेरिकामा प्रहरीले आफ्नो हिरासतमा लिएका व्यक्तिलाई ‘आइ क्यान्ट ब्रिद’ (म सास फेर्न सक्दिन) भन्दाभन्दै थिचेर मारेको घटनाले त्यहाँ विद्यमान संरचनागत समस्या उजागर भएको छ।

रुकुम घटना : मानवअधिकार–पत्रकार टोलीद्वारा स्थलगत अनुगमन

रुकुम पचिश्मको चौरजहारी–८, सोतीमा अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा ६ जनाको ज्यान जाने गरी भएको घटनाका विषयमा मानवअधिकार तथा पत्रकारहरूको टोलीले प्रारम्भिक जानकारी लिन सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्