२३ असार २०८१ आइतबार
image/svg+xml
लोकेन्द्र खनाल


लोकेन्द्र खनालका लेखहरु :

सशस्त्र प्रहरीको भरोसामा सीमा क्षेत्रका नागरिक

सशस्त्र प्रहरी बस्ने गरी स्थापना गरिएको बिओपीले गर्दा नेपालतर्फ सीमा क्षेत्रमा बसोबास गर्ने मानिस सुरक्षाको पूर्ण अनुभूति गर्न थालेका छन्। विगतमा चोरी डकैतीको मार खेपिरहेका सीमा क्षेत्रका बासिन्दा अहिले निर्भिकतासाथ आफ्नो व्यापार र व्यवसायमा लागेका छन्।

दुर्गमको नगरपालिकामा आठ उद्योग स्थापना

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१० मा स्थापना भएको कर्णाली वेभरेज इन्डस्ट्रिज प्रालिले प्रदेश र स्थानीय सरकारको सहयोगमा डिमुरको वाइन उत्पादन गर्न थालेको छ। डिमुर र डिमोर गरी दुई ब्रान्डबाट वाइन बजारमा आउन थालेको उक्त कम्पनीले जनाएको छ।

स्वास्थ्य सेवा पहुँचले फेरिँदै आठबिसकोट

नगरपालिका बन्दा ५ वटा मात्र स्वास्थ्य चौकी रहेको आठबिसकोटमा स्थानीय तह बनेपछि २५ शड्ढयाको नगर अस्पताल र १३ वटा स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ। अहिले १८ वटा स्वास्थ्य इकाइ केन्द्र रहेका छन् भने विशेषज्ञ सेवा सहितको अस्पताल छ।

एउटै गाउँबाट १७ लाखको लसुन बिक्री

कतिपय किसानका बारीमा लसुन फल्छ, मूल्य पाउँदैन। तर रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० चौखावाङका किसानलाई भने लसुनका लागि बजारको चिन्ता छैन। पैसाको बिटो बोकेर आउने ठेकेदारले गाउँबाटै लसुन उठाएर लैजाने गरेका छन्।

पुर्पक्षका लागि दुई जनालाई सुधार गृह पठाउन आदेश

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा संलग्नमध्ये दुई जनालाई जिल्ला अदालतले बाल सुधारगृह पठाउने आदेश दिएको छ।

एउटै गाउँबाट १७ लाखको लसुन बिक्री

कतिपय किसानका बारीमा लसुन फल्छ, मूल्य पाउँदैन । तर रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० चौखावाङका किसानलाई भने लसुनका लागि बजारको चिन्ता छैन । पैसाको बिटो बोकेर आउने ठेकेदारले गाउँबाटै लसुन उठाएर लैजाने गरेका छन् । गाउँमा सडक विस्तार भएसँगै गत वर्षदेखि चौखावाङका किसानले उत्पादन गरेको लसुन टयाक्टरमार्फत दाङ, नेपालगन्ज, बुटवल, पोखरासम्म पुग्ने गरेको छ ।

आजीवन कारावासको माग गर्दै अदालतमा मुद्दा दर्ता

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका आरोपी विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको आजीवन कारावास सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो । सोती घटनामा भएको सामूहिक आक्रमणपछि ६ जना युवाहरुको हत्या भएकाले पीडितको न्यायका लागि आजीवन कारावासको माग गरिएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।

रुकुम घटना : ‘नवराज हिँड्नुभन्दा पहिले नै घेराबन्दीको तयारी’

गत जेठ १० गत शनिबार दिउँसो जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक आफ्ना १८ जना साथीसहित प्रेम बिहेका लागि केटी लैजान रुकुम पश्चिमको चौरजहारी हिँड्छन् । उनीहरु जाजरकोटमा छँदा नै साथीसहित नबराज हिँडेको खबर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसमक्ष आउँछ ।

यार्सा टिप्न नपाउँदा जीविकोपार्जनमा समस्या

कोरोना भाइरसको जोखिम र लकडाउनका कारण यार्सा संकलनमा प्रतिबन्ध लगाइएपछि विपन्न परिवारको जीविकोपार्जनमा समस्या देखिएको छ । रुकुमपूर्व र डोल्पाका स्थानीयको आयआर्जनको मुख्य स्रोत नै यार्सा संकलन हो ।

चौरजहारी घटना: ‘राजनीतिक आडमा तोडमोड प्रयास’

जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा भएको घटनालाई राजनीतिक आडमा तोडमोड गर्ने प्रयास भइरहेको दलित अधिकारकर्मीले आरोप लगाएका छन्। केही स्थानीय तथा जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष मानबहादुर नेपालीले बताए।

क्वारेन्टिन बनाउने भएपछि विद्यालय नै भत्काइयो

कोरोना भाइरस(कोभिड १९)बाट बच्नका लागि प्रयाः सबै ठाउँबाट जिल्ला बाहिर तथा विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्ने गरिएको छ। गाउँ नजिकै रहेका विद्यालयमा ती क्वारेन्टिन निर्माण गरिएको छ।

चौरजहारी घटना: मृतक सबैको टाउकोमा चोट

प्रेम विवाहका लागि केटी लिन आउँदा भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये पाँच जनाको शव फेला परेको छ।

खुसी बनाउने सपनासँगै झाँगिएको नवराज र सुष्माको प्रेम सम्बन्ध

गत वर्ष रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रनिङ शिल्ड थियो। जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका १९ वर्षीय नवराज विक पनि उक्त प्रतियोगितामा सहभागी थिए। त्यतिबेला चौरजहारी नगरपालिका–८ की सुष्मा मल्लसँग प्रेम सम्बन्ध सुरु भयो। प्रेम सम्बन्धमा सुरु भएपछि उनीहरू बीच विभिन्न समस्या आउन सुरु भए। कारण थियो जातीय भिन्नता।

बुहारी ल्याउला भनेको, छोराको शव आयो

जाजरकोटको भेरी नगरपालिका–४ की उर्मिला विक शनिवार साँझ बुहारी भित्र्याउने तयारी गर्दै थिइन् । छोरा नवराज बुहारी ल्याउन रुकुम पश्चिमको चौरजहारी गएपछि उर्मिला बुहारी भित्र्याउने चटारोमा थिइन् । तर छोराले बुहारी ल्याउने अपेक्षामा विक परिवारमा एकाएक बज्रपात भयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्