२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रुकुम घटनाविरुद्ध सडक बहस

६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध आज बानेश्वर सडक बहस भएको छ । रुकुममा भएको जातीय हत्या र विभेद विरुद्ध सडक बहस कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता रहेको थियो । बहसमा सहभागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहोनीले झण्डै ५० लाख जनसंख्या भएको दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण घटना घटेको बताए ।

जनजाति आन्दोलन मधेश आन्दोलन भएपनि दलित आन्दोलन नभएकै कारण रुकुम घटनाको विषयमा आवाजहरू उठ्न नसकेको बताए । जातीय विभेदको घटनाहरू बढिरहको उल्लेख गर्दै उहाँले राजनीतिक आन्दोलन देशमा भएपनि सामाजिक आन्दोलन नहुँदा सभ्य समाजको निर्माण हुन नसकेको बताए । जातियताकै कारण बेला बेला हुने घटनाले देशलाई कलंकित बनाएको उनको भनाई छ ।

नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले दलित उत्पिडनको एजेण्डा अगाडी बढाएर आन्दोलन नहुँदासम्म विभेद अन्त्य गर्न नसकिने बताए । अब पनि सामाजिक आन्दोलन मार्फत दलित उत्पिडन मुद्धा स्थापित गराउन नसकिए घटनाहरू घटिरहने बताए ।

पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनाका अभियुक्तहरुलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । घटनामा संलग्न भएको आरोप लागेका वडाध्यक्ष डम्मरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रुकुमकोटले बुधबार आदेश दिएको हो ।

प्रकाशित: १२ असार २०७७ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App