२१ असार २०८१ शुक्रबार
image/svg+xml

संकटमा अल्पसंख्यक सुनाहा जाति

कञ्चनपुर जिल्लाको पहिलो नगरपालिका भीमदत्तका दुई वार्डमा अल्पसंख्यक सुनाहा जातीको बसोबास छ। वार्ड नम्बर १२ संगै १३ मा यो समुदायका परिवारको बसोबास छ।  दुबै वार्डमा ७५ परिवार अल्पसंख्यक सुनाहा जाती बस्छन।

भीमदत्तले विद्यार्थीलाई छात्रबृत्ति दिने

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। यसका लागि चालु आर्थिक वर्षमा भीमदत्त छात्रबृत्ति कोष स्थापना गर्ने नीतिगत निर्णय गरिएको छ।

उधारो मागेर औषधि वितरण

भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महीनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधि उधारोमा मागेर वितरण गरिरहेको छ। लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधिको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महीनादेखि प्रदान गर्दै आएको हो।

कुटाइबाट छात्रको मृत्यु, चार शिक्षक पक्राउ

शिक्षकको कुटाइबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र १५ वर्षीय माधव कलौनीको ज्यान गएको छ। कक्षा ९ मा अध्ययनरत कलौनीलाई असार १३ गते शिक्षकले कक्षाकोठाबाट अफिसमा लगेर कुटेको आरोप छ। कुटपिटपछि गम्भीर घाइते भएका कलौनीलाई उपचारार्थ भारतको राममूर्ति अस्पतालम लगिएको थियो। उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको बुबा बिरस्पति कलौनीले बताए।

एक अर्ब २२ करोडको बजेट प्रस्तुत

भीमदत्त नगरपालिकाको पाँचौ नगर सभामा आगामी आव ०७६/७७ का लागि एक अर्ब २२ करोड ८२ लाखको बजेट प्रस्तुत गरिएको छ। नगर सभामा वार्षिक नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको छ।

पक्की घर बनाउँदै राउटे

कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन्।

विदेशी जेलमा परेका व्यक्तिका परिवार चरम समस्यामा

भीमदत्त नगरपालिका–७, कञ्चनपुरकी जानकी नाथ साँझ–बिहान हातमुख जोर्न पाएमात्र सन्तोषको सास फेर्छिन्। वैदेशिक रोजगारीमा गएर घरको आर्थिक अवस्था सुधार गर्ने सपना बोकेका पति पदम कतारमा जेल परेपछि पत्नी जानकी र छोरीको अवस्था झनै कमजोर बन्न पुगेको छ।

कञ्चनपुरको जैविक मार्गमा म्याराथन मार्च

भीमदत्त नगरपालिकामा जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको म्याराथनमा म्याराथन धावक बैकुण्ठ मानन्धरसहित सयौं स्थानीय सहभागी भएका छन्।

भीमदत्तवासीले निःशुल्क रगत पाउने, नगरपालिकाबाट ३ लाख सहयोग

कञ्चनपुरको भीमदत्त नगरपालिकाका बासिन्दाले अब निःशुल्क रगत पाउने भएका छन्। बिरामीलाई रगतको आवश्यकता पर्दा शुल्क तिर्नुपर्ने, आफन्त गुहार्नु पर्ने र रगत दानकर्ताको खोजी गर्नु पर्ने बाध्यताबाट यहाँका बासिन्दा मुक्त हुने भएका छन्।

भीमदत्त राजमार्ग सूचारु

अवरुद्ध सुदूरपश्चिमका तराई पहाड जोड्ने एक मात्र सडक भीमदत्त राजमार्ग सूचारु भएको छ। बीच सडकमा गुडिरहेको बसको अगाडिका दुई चक्का जोड्ने डिफेन्सर भाँचिदा सडक अवरुद्ध भएको थियो। दिउँसो १ बजेदेखि अवरुद्ध रहेको सडक अपरान्ह साढे ४ बजेदेखि सूचारु भएको प्रहरी नायव उपरीक्षक डम्बर केसीले बताए।

अब त अति भयो, निर्मलाका हत्यारा चाँडो पत्ता लाग्नुपर्छ : उप मेयर चन्द

भीमदत्त नगरपालिकाकी उप प्रमुखमा निर्वाचित सुशीला चन्द सिंह न्यायिक समिति, राजश्व परामर्श समिति, अनुगमन, छाडा पशु चौपाया व्यवस्थापन नियन्त्रण समितिको संयोजक हुन्। स्थानीय तह निर्वाचनको एक वर्षको विकास निर्माणका स्थिती, योजना, कार्यक्रम र चुनौती लगायतका विषयमा उप मेयर चन्दसंग निर्मला हत्या काण्ड र समसामयिक बिषयमा नागरिकका संवाददाता राजेन्द्र भट्टले गरेको कुराकानीः

दोषी कुनै पनि हालतमा उम्कन हुन्न : मेयर विष्ट

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले निर्मला पन्तका हत्यामा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन्। कञ्चन समाजले हरितालिका तीजका अवसरमा भीनपा ६ शिवमन्दिर चोकमा आयोजना गरेका विशेष कार्यक्रममा नगर प्रमुख विष्टले दोषीले उन्मुक्ति नपाउने, निर्दोष फस्न नहुने र अपराधलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिएका हुन्।

कञ्चनपुर घटना : मृतक सन्नीका परिवारलाई आर्थिक सहयोग

शुक्रबार साँझ निर्मला पन्त हत्याको विरोध आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका किशोर सन्नी खुनाका परिवारलाई भीमदत्त नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ।

निर्मला हत्या प्रकरण : २४ दिनपछि अभियुक्त पक्राउ

भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्त २५ औं दिनमा पक्राउ परेका छन्। स्थानीय युवक दिलिपसिंह बिष्टलाई प्रहरीले साेमवार पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्