२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

भीमदत्त राजमार्ग सूचारु

डडेल्धुरा– अवरुद्ध सुदूरपश्चिमका तराई पहाड जोड्ने एक मात्र सडक भीमदत्त राजमार्ग सूचारु भएको छ। बीच सडकमा गुडिरहेको बसको अगाडिका दुई चक्का जोड्ने डिफेन्सर भाँचिदा सडक अवरुद्ध भएको थियो। दिउँसो १ बजेदेखि अवरुद्ध रहेको सडक अपरान्ह साढे ४ बजेदेखि सूचारु भएको प्रहरी नायव उपरीक्षक डम्बर केसीले बताए। 

उनका अनुसार भातकांडाबाट एक निजी डोजर पठाई सडकमा बिग्रिएको बस हटाइएपछि राजमार्ग सञ्चालनमा आएको हो। ‘साँघुरो सडकको बीचमै डिफेन्सर भाँचिदा साढे तीन घण्टा सडक अवरुद्ध भएपछि मालबहाक तथा यात्रु बाहक गाडीहरु जंगल क्षेत्रमै रोकिएका थिए भने यात्रुले सास्ती खेप्नु परेको थियो’, प्रहरी नायव उपरीक्षक केसीले भने, ‘डोजरले बिग्रेको बस सडक बीचबाट हटाइएपछि अहिले राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ।’ 

डोटी र डडेल्धुराको सिमाना नजिक डडेल्धुरामो गन्यापुरा गाउँपालिकाको मेलखर्क भन्ने स्थानमा बीच सडकमा बस बिग्रदा सडक अवरुद्ध भएको थियो। 

कञ्चनपुरको महेन्द्रनगर बाट दार्चुलाको गन्नका लागी छुटेको  ना ७ ख ३१५८ नम्बरको बसको अगाडिका दुई वटै चक्का जोड्ने डिफेन्सर भाचिएपछि राजमार्ग केही समय अवरुद्ध भएको थियो।

प्रकाशित: ९ कार्तिक २०७५ १४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App