१७ असार २०८१ सोमबार
image/svg+xml

माग सम्बोधन गर्न प्रधानमन्त्री दाहाललाई पूर्वप्रधानमन्त्री भट्टराईको समयसीमा

प्रधानमन्त्री दाहाललाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै डा. भट्टराईलेआगामी भदौभित्र माग पूरा गर्न प्रधानमन्त्री दाहाललाई समयसीमा दिएका छन् ।

यसवर्षको राष्ट्रिय धान दिवस कार्यक्रम चितवनमा हुने, प्रधानमन्त्रीले मेसिनबाट धान रोप्ने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा राष्ट्रिय धान दिवस मनाउन लागेको जनाकारी दिइएको हो ।

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने उपायबारे प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने बिकल्प र उपायहरूबारे चासो राखेका थिए ।

प्रधानमन्त्री दाहाल र सिपिपिसिसीका उपाध्यक्ष बार्टरबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बार्टरले आज शिष्टाचार भेट गरेका छन्।

पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ, मनोनयन प्रणाली अन्त्य गर्छौँ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यसक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताउनुभएको छ ।

तेस्रो कार्यकालका लागि डा.आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले डा.तिलकराम आचार्यलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका छन् । उनी तेस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसनको उद्घाटन (तस्बिरसहित)

नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्री दाहालले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गरेका हुन् ।

हस्, भइहाल्छ मात्रै भन्ने प्रवृति अब चल्दैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालसँग भारतीय व्यावसायीको भेट : नेपालमा लगानीका लागि उत्साहित

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सामाजिक संस्था लाग्नुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक अभियन्ताहरू स्वदेशी पुँजी, जनशक्ति, सीप र प्रयोग गर्ने सोचमा आधारित भएर परिचालित हुनुपर्ने बताएका छन् ।

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन्।

'छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तह जिम्मेवार हुनुपर्छ'

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले छुवाछूतमुक्त राष्ट्र घोषणाको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारले जिम्मेवार हुनुपर्ने बताए।

फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन्।

संसद्को गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ।

कार्यादेशमा दलहरूको अडान कायमै, प्रतिनिधिसभा बैठक अनिश्चित

नेपाली कांग्रेसले व्यक्तिको नामै किटेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउनु पर्ने अडान दोहोर्याएपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्