१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कार्यादेशमा दलहरूको अडान कायमै, प्रतिनिधिसभा बैठक अनिश्चित

दाहाल-देउवा बैठक निष्कर्षविहीन

कांग्रेस सभापति देउवालाई बुढानीलकण्ठमा भेट्दै प्रधानमन्त्री दाहाल । तस्बिर: प्रधानमन्त्रीको सचिवालय

नेपाली कांग्रेसले व्यक्तिको नामै किटेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउनु पर्ने अडान दोहोर्याएपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ ।  

संघीय संसद सचिवालयले सरकारको वार्षिक नीति तथा कार्यक्रम पारितसहित १४ वटा एजेन्डा राखेर आइतबारको कार्यसूची बनाए पनि बैठक अझै सुरु हुन सकेको छैन । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।  

कांग्रेस नेताहरुको बिहान भएको छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडान दोहोर्यापछि संसदीय गतिरोध अन्त्य तत्काल नहुने सम्भावना बढेको हो । सहमतिको प्रयासमा बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटगरी निकास निकाल्न आग्रह गरेका थिए । तर उक्त भेटमा समेत सभापति देउवाले कार्यादेशमा संलग्न व्यक्तिको नाम नै किटान हुनु पर्ने अडान राखेपछि छलफल निष्कर्षविहीन बनेको थियो ।  

छलफलमा प्रधानमन्त्रीले कांग्रेसको अवरोधले नीति तथा कार्यक्रममाथिको छलफल प्रभावित भएको, बजेट ल्याउने दिन नजिक आएको र संसदीय गतिविधि नै प्रभावित भएको भन्दै पुनर्विचारका लागि आग्रह गरेको बुढानीलकण्ठ स्रोतले जानएको छ । सभापति देउवासँगको भेटमा प्रधानमन्त्री दाहालले वैकल्पिक उपायहरुबारे सोच्न आग्रह गरेका थिए ।  

कांग्रेसले सहकारी ठगीमा संलग्न संस्थाले मात्र नहुने बताउँदै व्यक्तिको पनि नाम उल्लेख गर्नुपर्ने अडान राखेपनि सत्ता पक्षका नेताहरु उक्त कुरा मान्न तयार छैनन् ।  

कार्यदलमा पनि सहमतिको प्रयास भइरहेको नेताहरुको भनाइ छ । आइतबार साँझसम्म कार्यदलसहित शीर्ष नेताबीच पुनः छलफल गर्नेबारे समझादारी बनेपनि समय तय भइसकेको छैन ।

प्रकाशित: १३ जेष्ठ २०८१ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App