१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

तेस्रो कार्यकालका लागि डा.आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले डा.तिलकराम आचार्यलाई लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा नियुक्त गरेका छन् । उनी तेस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त भएका हुन् ।  

रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेश पौडेलको अध्यक्षतामा गठित तीन सदस्यीय समितिको सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले उनलाई नियुक्ती दिएका हुन् । 

रजिष्ट्रारका लागि मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र प्रा.डा. पुष्कर बज्राचार्यको पनि सिफारिस भएको थियो । 

रजिष्ट्रारका लागि आवेदन दिएका ९ जनामध्ये आचार्यको नाम पहिलो नम्बरमा राखेर सिफारिस समितिले प्रधानमन्त्रीलाई पत्र पठाएको थियो । 

प्रकाशित: ३२ जेष्ठ २०८१ १५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App