१९ असार २०८१ बुधबार
image/svg+xml

पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

लगातारको अविरल वर्षाले कैलालीको गोदावरी नगरपालिका वडा नं ४ मा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

'अझै पूरा भएन किसान नेता भीमदत्तको सपना'

‘कित जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्दै ठालुहरुको विपक्षमा र किसान अधिकार तथा समानताका लागि लड्दा लड्दै बलि चढेका किसान नेता भीमदत्तको सपना अनुसार किसानले अहिलेसम्म जमिनको स्वामित्व पाउन सकेका छैनन्। थुप्रैपटक भूमि आयोग गठन भए पनि राजनीतिक खिचातानीका कारण भूमिहीन, सुकुमबासी, गरिब किसानले जग्गाको स्वामित्व पाउन नसकेका हुन्।

बसको ठक्करबाट एक महिलाको मृत्यु

भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अख्तियारद्वारा नगरपालिकाका कागजात नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ।

मनकारी जनप्रतिनिधि, जसले आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिए!

राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले चार वर्षमा आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिए।

विदेशको लाख कमाइ छाडेर महेन्द्रनगरमा घुम्ती चिया व्यापार

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐटपुरका ३० वर्षीय हरिष चन्द दैनिक जसो बिहान र साझँ चियाको घुम्ती व्यापारमा व्यस्त देखिन्छन्। पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुगेका उनीले त्यहाँ सेक्यिुरिटी गार्डका रूपमा काम गरेका थिए।

बाक्लो हिमपातले दुई राजमार्ग अवरुद्ध

गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ।

छ जनालाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

कृषि पेशामा राम्रो गरेका कैलाली र कञ्चनपुरका ६ जना कृषक पुरस्कृत भएका छन्। सोमबार धनगढीको भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो।

सयौं बिघा सरकारी जग्गा दुरुपयोग !

विभिन्न समयमा नगर विकास समितिका अध्यक्षले तोकाधिकारका आधारमा मन परेका व्यक्तिलाई करोडौं रकम पर्ने जमिन न्यून मूल्यमा बिक्री गरे। तोकाधिकारकै आधारमा न्यून मूल्यमा जग्गा लिजमा दिए। केहीले जग्गा अतिक्रमण गरी संरचना बनाए।

विकासको लयमा भीमदत्तनगर

महेन्द्रनगर अर्थात् भीमदत्त नगरपालिका पश्चिम नेपालको प्रमुख सहरमध्येको एक हो। ब्रह्मदेव जस्तो पुस्तैनी बजार पनि यहीँ छ। ब्रह्मदेवबाट सुदूर पहाडका सबै आमनागरिकले नुन तथा दैनिक उपभोग्य सामान किनेर या आफूले उत्पादन गरेका कृषि उपजसँग साटेर लैजान्थे। त्यति पुरानो सहर कुनै समयताका भव्य थियो। बाजेबराजुका पालामा ठूलो सहर पश्चिम नेपालको कुनामा एउटा मात्रै थियो। त्यही ठूलो सहर विस्तारै ओझेलिँदै गयो र अन्ततः महेन्द्रनगर बजार सुनसान हुँदै गयो।

कञ्चनपुरको भीमदत्त नगरपालिका देशकै उत्कृष्ट (अपडेट)

कञ्चनपुरको भीमदत्त नगरपालिका देशकै उत्कृष्ट नगरपालिका बनेको छ। नगर विकास कोषले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका घोषणा गरेको हो। नगर विकास कोषको ३३औं वार्षिकोत्सव अवसरमा एक लाख नगद पुरस्कारसहित देशमै उत्कृष्ट नगरपालिकाको पुरस्कार भीमदत्तले प्राप्त गरेको हो।

भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट

नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ। उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले एक लाख रुपैयाँ नगद पुरुस्कार प्रदान गर्ने भएको छ।

सुदूरपश्चिममा दिनहुँ हजार पर्यटक

खान, बस्नका लागि राम्रो सुविधा र सुरक्षा छ भन्ने सन्देश प्रवाह गर्न सकिए भारतबाट सुदूरपश्चिममा ठूलो संख्यामा पर्यटक आउन सक्छन्,’ उनले भने । सीमा नाकाबाट ४८ किलोमिटर दूरीमा रहेको कैलालीकै खानीडाडाका साथै डडेल्धुरालगायत पहाडी जिल्लाका विभिन्न ठाउँ तराईको गर्मी छल्न सम्भावना भएका ठाउँ हुन् । यसका साथै यहाँबाट थुप्रै हिमाल हेर्न सकिन्छ ।

एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना

एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्