२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले भीमदत्त र केआइसिंह राजमार्ग अवरुद्ध

फाइल तस्बिर

सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन्। डडेल्धुरामा भीमदत्त राजमार्ग र केआइसिंह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भीमदत्त राजमार्गको साहुखर्क र केआइसिंह राजमार्गको रडुवामा पहिरो गएको छ। लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। प्रदेशका पहाडी जिल्लाहरूमा वर्षाका कारण टेलिफोन र विद्युत् सेवासमेत अवरुद्ध हुँदै आएको छ।

प्रकाशित: २३ आश्विन २०७९ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App