२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्तापक्षका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद अवरोध हटाउने विषयमा सत्तापक्षका नेताहरूसँग छलफल गर्न लागेका छन्।

भोलिका लागि बोलाइएको संसद बैठक खुलाउने गरी निर्णय गर्न उनले सत्तापक्षका नेताहरूसँग छलफल गर्न लागेका हुन्।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ।

आज बिहान प्रधानमन्त्री दाहाल सभामुख देवराज घिमिरेबीच करिब ४५ मिनेट भएको छलफलमा संसद अवरोधकै विषयमा कुराकानी भएको थियो।

सभामुखले संसदबाट विधेयकहरु पारित हुन नसकिरहेकाबेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताए।

संसद सुचारु भए केही विधेयक तत्कालै पारित गर्न सकिने अवस्थामा रहेको, केही विधेयकलाई समितिमा पठाउन सकिने उनले प्रधामन्त्रीलाई जानकारी दिएका थिए।

उनले राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको सन्दर्भमा प्रतिपक्षीसँग तत्कालै सहमति गर्न अपिल गरे।

प्रकाशित: २ जेष्ठ २०८१ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App