२० असार २०८१ बिहीबार
image/svg+xml

संसदीय छानबिन समितिद्वारा सहकारीकर्मीसँग छलफल

सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीका सरोकारवालासँग छलफल गरेको छ।

२७५ सदस्यीय संसद बैठकमा मन्त्रीसँग प्रश्न गर्ने तीन जना मात्र

प्रतिनिधिसभाको बैठकमा मन्त्रीसँग प्रश्न गर्ने सांसदको संख्या निकै कम भएपछि प्रश्नोत्तर कार्यक्रममा मन्त्रीलाई जवाफ दिनका लागि हाइसञ्चो भएको छ।

‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग

प्रतिनिधि सभाका सदस्य शान्ति बि.क.ले बलात्कार घटनाका अपराधीलाई कठोर कानूनी कारबाही गर्न सरकारसँग माग गरेकी छिन्।

संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल हुन छोड्यो: पूर्व सभामुख सापकोटा

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विचार, सिद्धान्त र नीतिमा छलफल केन्द्रित नभई प्रतिक्रियामा उत्रिएको बताएका छन्।

पूर्वसभामुख ढुंगानाको दाबी–प्रत्यक्ष र समानुपातिक सांसद सँगै राखेर संसद प्रभावकारी हुन्न

पूर्व सभामुख दमननाथ ढुङ्गानाले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरूलाई एउटै संसदमा राखेर संसद प्रभावकारी बन्न नसक्ने बताएका छन्।

मुलुक चलाउने कुरा मुखियाले गाउँ चलाएको जस्तो होइन:पूर्व सभामुख रानाभाट

पूर्व सभामुख तारानाथ रानाभाटले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो रहेको बताएका छन्।

कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्न सकिन्छ: सभामुख घिमिरे

सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन्।

संसद बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने

आजको संसद बैठकमा आर्थिक विधेयक, २०८१ माथि छलफल हुनेछ। त्यस्तै आर्थिक विधेयक, २०८१ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ।

‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’

संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिएका छन्।

एसइईको नतिजामा सांसदहरू असन्तुष्ट,लगाए सरकारलाई दोष

सांसदहरूले एसइई परीक्षामा ५२ प्रतिशत भन्दा बढी अनुत्तीर्ण भएका भन्दै यस सम्बन्धमा गहन अध्ययन गर्नुपर्ने धारणा राखेका छन्।

राज्यका सबै संयन्त्रहरूलाई गणतन्त्रमैत्री बनाउनुपर्छः सांसद गुरुङ

नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले राज्यका सबै संयन्त्रहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन्।

टेरामक्स प्रकरणमा मलाई मुछिएको छ, उचित समयमा जवाफ दिन्छुः सांसद बस्नेत

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन्।

संसद बैठक आज पनि बस्दै

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने जलस्रोत विधेयक, २०८१ प्रस्तुत गर्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्