१९ असार २०८१ बुधबार
image/svg+xml
सन्तोष पोखरेल


सन्तोष पोखरेलका लेखहरु :

नेपालमा पर्यटक आगमनः ६ महिनामा ५ लाख ८३ हजार पर्यटक

नेपालमा ६ महिना अवधिमा झन्डै ६ लाख विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका छन्। पर्यटन बोर्डका अनुसार जुन महिनामा समेत गरेर यो वर्षको अहिलेसम्म नेपाल भित्रिएका विदेशी पर्यटकको संख्या ५ लाख ८३ हजार १६ पुगेको छ।

गण्डकीमा मनसुन कहर: चार दिनमा ११ जनाले ज्यान गुमाए

अविरल वर्षापछिको शुक्रबार राती आएको पहिरोले घर पुरिँदा पुरिएर स्याङजा र बागलुङमा गरि चारजनाको ज्यान गएको छ। मृतक मध्ये एकजना बालिका, दुइजना महिला र एकजना पुरुष रहेको प्रहरीले बताएको छ। गण्डकी प्रदेश प्रहरीका कार्यालयका अनुसार बाढी पहिरोमा परेर गण्डकी प्रदेशमा चारदिन अवधिमा ११ जनाको ज्यान गएको छ।

पर्यटन क्षेत्रमा कामदारको चिन्ता, नयाँ जनशक्ति पटक्कै पाइदैन

पोखरा क्षेत्रका पर्यटन व्यावसायीको लामो समयदेखिको गुनासो छ–दक्ष जनशक्ति पाउनै सकिएन, काम सिक्नासाथ विदेश उड्ने युवापुस्ताका कारण पर्यटन क्षेत्रमा जहिल्यै कामदार अभाव छ। पर्यटन क्षेत्रमा तल्लो देखि माथिल्लो तहसम्म पनि दक्ष जनशक्ति अभाव रहेको उनीहरुको भनाई छ।

लमजुङ पहिरो अपडेटः बेपत्ता चारैजनाको मृत्यु, पहिचान पनि खुल्यो

मङ्गलवार रातिदेखिको अविरल वर्षासँगै गएको पहिरोमा परी बेपत्ता भएका एकै परिवारका ३ जनासहित ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

२०२५ मा ‘पोखरा भ्रमण वर्ष’ १५ लाख पर्यटक लक्ष्य

१५ लाख पर्यटक आगमनको लक्ष्य पुरा गर्ने भनिएपनि त्यो संख्यामा आन्तरिक र बाह्य भनेर छुट्याइएको छैन। तर १५ लाखको लक्ष्य पुरा गर्न पोखरा महानगरले नगरभित्रका प्रमुख पर्यटकीय गन्तव्य, साइकल मार्ग र पदमार्गको अभिलेख तयार गरी नक्सांकन गर्ने जनाएको छ।

‘ओभर स्टे’ पर्यटकको काम: दैनिक मजदुरी

पर्यटक प्रहरी कार्यालय पोखराले केहीदिन अघि विभिन्न मुलुकका १२ जना पर्यटकलाई पक्राउ गर्यो। प्रहरीले ‘ओभर स्टे’ (तोकिएको भन्दा बढी समय बसेको) बसेको भन्दै ती पर्यटकलाई पोखरा क्षेत्रमा पक्राउ गरेर अध्यागमन कार्यालयलाई बुझाएको थियो। पक्राउ परेका उनीहरुमध्ये धेरैजसो अध्यागमन हुँदै स्वदेश पुगिसकेका छन्।

हवाई टिकटमा भ्याटः चिनियाँ उडान रोकिए पर्यटन क्षेत्र प्रभावित हुने

हवाइ टिकटमा भ्याट लागु भएपछि पर्यटन व्यावसायीले विरोध जनाइरहँदा पछिल्लोपटक चीनले हवाई टिकटमा लगाएको भ्याटको प्रावधान नहटाए नेपालमा उडान रोक्ने चेतावनी दिएको भन्दै पर्यटन व्यावसायी थप सशंकित भएका छन। चिनियाँ पर्यटनसँग ठूलो अपेक्षा राखेका पर्यटन व्यावसायी केहीगरि चिनियाँ उडान प्रभावित भए त्यसले पर्यटन क्षेत्रलाई ठूलो धक्का पुग्ने उनीहरुको भनाई छ।

पोखराः बजेटले नछोएको ‘पर्यटन राजधानी’

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि पर्यटन राजधानीका लागि भनेर बजेटमा विशेष रुपमा सम्बोधन हुन नसकेको भन्दै पर्यटन क्षेत्रले आपत्ति जनाएको छ। गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै पर्यटकीय राजधानी शीर्षकमा कतै पनि बजेट विनियोजन नगरेको गुनासो पर्यटन क्षेत्रको छ। पर्यटकीय राजधानी घोषणा भएको अवस्थामा पनि सरकारले त्यस क्षेत्रको प्रर्वद्धन र विकासका लागि चाँसो नदिएको व्यावसायीको गुनासो छ।

गण्डकीको पर्यटन क्षेत्रः ७५ हजारलाई प्रत्यक्ष रोजगारी

गण्डकी प्रदेशमा पर्यटन क्षेत्रले मात्र ७५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान गरिएको छ। कोरोना भाइरस संक्रमणले गर्दा अघिल्ला केहीवर्ष पर्यटन क्षेत्रमा काम गर्नेको संख्यामा कमी आएपनि अहिले पुन पहिलेकै आकारमा रोजगारी सिर्जना भईसकेको अध्ययनकर्ताको भनाई छ।

पोखराको पर्यटन क्षेत्रको गुनासोः ‘ब्राण्डिङ’ नारा मिठो, तर, कार्यन्वयन फितलो

गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा हरेक वर्ष पर्यटन क्षेत्रलाई कुनै न कुनै रुपमा सम्बोधन गरेपनि प्रर्वद्धनमा भने उत्तिसारो चाँसो नदिने गरेको गुनासो भने पर्यटन व्यावसायीको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ढाका–पोखरा नियमित उडानको पहल

पछिल्लो समय बंगलादेशको निजी हवाई कम्पनि ‘एयर अस्ट्रा’लाई बंगलादेशको ढाकादेखि पोखरासम्म नियमित उडान गर्न लगाउने गरि पहल थालिएको छ। नेपालको हवाई क्षेत्रको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र व्यावसायिक क्षेत्रबाट एयर अस्ट्रालाई ढाका–पोखरा उडान गर्नका लागि अनुरोध गर्ने तयारी भएको छ। एयर अस्ट्रासँग एटिआर–७२ जहाज रहेको र ती जहाजमार्फत पोखरामा उडान गर्न सकिने भएकोले पहल थालिएको सरोकारवालाको भनाई छ।

पाँच महिनामा पाँच लाख पाहुना

नेपालमा विदेशी पर्यटक आगमन पाँच महिनामा पाँचलाख नाघेको छ। सन् २०२४ को पाँच महिना (जनवरी–मे) सम्म सबैगरी पाँच लाख ६ हजार दुई सय ८० जना विदेशी पाहुना नेपाल भित्रिएका छन्।

भारतीय पाहुनाले धानिएको पर्यटन क्षेत्र

प्रचण्ड गर्मीले यतिबेला भारतीय सहर हायलकायल छन्। गर्मीमा अत्तालिएका तिनै भारतीय सहरका पाहुनाले अहिले पोखरालाई गन्तव्य बनाएका छन्। पर्यटकीय क्षेत्र लेकसाइडमा अहिले भारतीय पाहुनाको भीडभाड देखिन्छ। निजी गाडीमा हुँइकिने देखि समूह बनाएर घुम्न आउने भारतीय पाहुनाका कारण पर्यटन क्षेत्र चलायमान बनेको व्यावसायीको भनाई छ।

फेवापारिको अनदु अब टाढा रहेन (तस्बिर सहित)

फेवातालसँगै जोडिएको भएपनि फेवापारिको अनदुमा पर्यटक भने निकै नै कम जान्छन। जसोतसो पुगेका पर्यटक पनि बेलुकी नहुँदै लेकसाइड फर्किन्छन। राती बास बस्ने पर्यटक न्यून हुन्छन। फेवातालका वारी र पारि किनार बीच संरचना, सुविधा र मानवीय पहुँचका हिसाबले निकै नै फरक छ। किनकी फेवातालमा डुंगा सयर नगरी अनदु पुग्ने सहज पहुँच अहिलेसम्म थिएन।

पोखरामा कूटनीतिक पाहुनाको हाइकिङ (फोटो सहित)

काठमाडौंबाट आइतबार बिहानै पोखरा ओर्लेका कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सिधै २० किलोमिटर परको धम्पुस उक्लिए। धम्पुस अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने मुख्य प्रवेशद्वार मानिन्छ। पोखराबाट धम्पुससम्म गाडीका उक्लेका उनीहरु धम्पुसबाट धितालतिर मोडिए अनि अस्तामसम्म हाइकिङ गरे। करिब अढाईघण्टाको पैदल यात्रा गरेर ती पाहुना अस्ताम ओर्लिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्