२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

लमजुङ पहिरो अपडेटः बेपत्ता चारैजनाको मृत्यु, पहिचान पनि खुल्यो

लमजुङमा पहिरोमा परी बेपत्ता भएका ४ जनाकै मृत्यु भएको छ। मङ्गलवार रातिदेखिको अविरल वर्षासँगै गएको पहिरोमा परी बेपत्ता भएका एकै परिवारका ३ जनासहित ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक मेघनाथ चापागाँईका अनुसार क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका थिए। ती मध्ये ६७ वर्षिय रुद्रमान गुरुङको शव मङ्गलवार बिहान फेला परेको थियो भने बेपत्ता रहेका ३६ वर्षिय पञ्चकुमारी गुरुङ र उनका दुईजना छोरीहरू ८ वर्षिया इच्छा गुरुङ अनि ४ वर्षिया नम्रता गुरुङको शव मङ्गलवार मध्याह्न फेला परेको उनले बताए।

ज्यान गुमाएका रुद्रमानकी श्रीमति र छोरा छिमेकीको घरमा सुत्न गएकोले उनीहरूको ज्यान जोगिएको प्रहरीको भनाइ छ।

प्रकाशित: १२ असार २०८१ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App