२४ असार २०८१ सोमबार
image/svg+xml

परीक्षा दिन नपाएपछि विद्यार्थी आन्दोलित

पोखरा विश्वविद्यालयले तोकेको मापदण्डविपरीत भर्ना भएका ३ सय ९१ विद्यार्थी व्यवस्थापनतर्फ स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा दिन नपाएपछि आन्दोलनमा उत्रिएका छन्। व्यवस्थापनतर्फ स्नातक तहमा भर्ना हुन कक्षा ११ र १२ को परीक्षामा न्यूनतम सी ग्रेड ल्याएको हुनुपर्ने विश्वविद्यालयको प्रावधान छ। तर यो प्रावधानविपरीत ४२ वटा कलेजले सीभन्दा तलको ग्रेड ल्याएकालाई समेत भर्ना लिएका थिए। ती विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकाले समस्या आएको हो।

मापदण्डविपरीतका अंगरक्षक खोसिँदै

‘२०७५ जेठदेखि नेता र पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाउन सुरु गरिएको हो। अहिलेसम्म दुई सय ८० जना फिर्ता भएका छन्, यो क्रम जारी छ।’

दर्जनौं इँटा उद्योग मापदण्डविपरीत, स्थानीय प्रशासन मौन

सर्लाहीमा दर्ता बिना नै दर्जनाै इँटा उद्योग सञ्चालन भइरहेका छन्। दर्ता बिना ती इँटा उद्योग अवैध रुपमा सञ्चालन हुँदा राज्यकाे समेत करोडौँ राजश्व चुहावट भइरहेकाे छ। राजश्व चुहावट हुनुका साथै वातावरणमा पनि असर परिरहेकाे वातावरण विद्हरूकाे भनार्इ छ।

विज्ञापनमा कस्दै सरकार

सरकारले विज्ञापनमा कडाइ गर्दै विज्ञापन बोर्डको सिफारिसमा मात्रै विज्ञापन उत्पादन, प्रसारण र वितरण गर्नुपर्ने कानुनको मस्यौदा तयार गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयबाट संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरिएको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा रेडियो, टेलिभिजन, छापा, अनलाइनलगायतले विज्ञापन गर्दा विज्ञापन बोर्डको मापदण्डविपरीत भए कारबाही हुने प्रावधान राखिएको छ।

क्षमताभन्दा बढी भार बोक्ने गाडीलाई कारबाही

मापदण्डविपरीत र अनुमतिभन्दा बढी भार बोक्ने मालबाहक ढुवानीका सवारीसाधन प्रदेश ट्राफिक प्रहरी कार्यालयल, प्रदेश २ पथलैयाको कारबाहीमा परेका छन्।

मापदण्डविपरीत हुलाकी सडक निर्माण हुँदै

ठेकेदार कम्पनीको चरम लापारबाहीका कारण यहाँ निर्माणाधीन हुलाकी सडकमा यात्रा कष्टप्रद बनेको छ । ७९ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको हुलाकी सडकको ५७ किलोमिटर खण्डमा उपयुक्त डाइभर्सन नबनाइएकाले यातायात सञ्चालनमा समस्या छ । डाइभर्सनको अनुपयुक्त संरचनाकै कारण सवारी साधनलाई यो सडकमा जोखिमपूर्ण ढंगले गुड्नुपरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्