२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

गुलशनको शतकीय पारीमा स्कटल्यान्डमाथि नेपालको सानदार जित

१९ वर्ष मुनिको विश्वकप तयारीमा रहेको नेपाली टोलीले स्कटल्यान्डविरुद्धको वार्मअप म्याचमा जित हात पारेको छ। गुलशन झाको शतकमा नेपाली यू–१९ टोलीले स्कटल्यान्डलाई १३५ रनको विशाल अन्तरले पराजित गरेको हो।

गयराति दक्षिण अफ्रिकामा भएको खेलमा नेपालले दिएको २८५ रनको लक्ष्य स्कटल्यान्डले ४३ ओभर २ बलमा सबै विकेट गुमाएर १४९ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि तिलक भण्डारीले तीन विकेट लिदा आकाश चन्दले दुई विकेट लिए। 

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाएर २८४ रन बनाएको थियो। नेपालका लागि गुलशन झाले सर्वाधिक ११४ रन बनाए। यस्तै दिपक बोहोराले ५८ रनको अर्धशतकीय पारी खेले।  

प्रकाशित: २४ पुस २०८० ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App