२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

बालबालिकाका लागि चिल्ड्रेन पार्क र युवाका लागि व्यायामशाला

काठमाडौं महानगरपालिकाको वडा नं-८ ले बालबालिकाका लागि बाबु छिरिङ् चिल्ड्रेन पार्क र युवा तथा प्रौढका लागि खुला व्यायामशाला शुभारम्भ गरेको छ।

वडाको तिलगंगा क्षेत्रमा पार्क निर्माण गरिएको हाे। यहाँका पिङ्गलास्थान, भण्डारखाल, गुह्येश्वरी लगायतका खुला स्थानमा व्यायामका साधन तथा उपकरण राखिएका छन्।

सहरी जीवनशैलीलाई सक्रिय बनाउन र खुला स्थानमा जान सक्ने वातावरण निर्माण गर्न यो पहल थालिएको वडाध्यक्ष आशामान संगतले जानकारी दिए।

‘सार्वजनिक स्थलको उपयोग बढ्न थालेपछि व्यक्तिहरू बीचको सम्बन्ध पनि नजिकिन्छ। शारीरिक अभ्यासले स्वस्थ रहन मद्दत गर्छ। यसले जनस्वास्थ्य र वातावरण दुवै क्षेत्रमा लाभ पुर्‍याउँछ।’ उनले भने।

पार्क निर्माणमा करिब ७२ हजार र खुला व्यायामशालाका साधन तथा उपकरण खरिदमा करिब ७ लाख १० हजार लागत खर्च गरिएको वडाध्यक्ष संगतले जानकारी दिए।

प्रकाशित: २० असार २०८१ २०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App