२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

कीर्तिमानी पिराे खाेर्सानी

यस्ताे पनि!

दसकौंसम्म 'क्यारोलिना रिपर' नामक खोर्सानीले संसारकै सबैभन्दा खतरनाक पीरोको ताज लगाइरहेको थियो। यो ताज उसबाट खोसिएर यतिबेला गिनिज बुकले पेप्पर एक्सलाई पहिराएको छ।

सन् १९१२ मा फार्मासिस्ट विल्वर स्कोभाइलले खोर्सानीको पीरो मापनका लागि 'स्कोभाइल स्केल' सिर्जना गरेका थिए। उनको यस स्केलले कति ताप उत्पन्न गर्छ भनी मापन गर्ने गर्छ। यसलाई 'स्कोभाइल हिट युनिट' भनिन्छ। पीरै नहुने खोर्सानी पनि पाइन्छ, जसलाई गुलियो खोर्सानीका रूपमा पनि चिनिन्छ। 'बेल पेपर' नामक यो खोर्सानी प्रायः हेपाईमा पर्ने गर्छ।

यसअघि सबैभन्दा खतरनाक पीरो खोर्सानीको कीर्तिमानी क्यारोलाइना रिपरको मापन गर्दा यसले २ करोड २० लाख हिट युनिट उत्पन्न गरेको थियो। त्यसैका आधारमा यसले विश्व कीर्तिमान कायम गरेको थियो।

यतिबेलाको नयाँ खोर्सानी 'पेप्पर एक्स को जाँच गर्दा भने करोड ६९ लाख हिट युनिट उत्पन्न गरेको विज्ञहरूले बताएका छन् । यसले कति ताप इकाई उत्पन्न गर्छ भन्ने जाँच अमेरिकाको साउथ क्यारोलाइनास्थित विन्थप विश्वविद्यालयले जाँच गर्ने गर्छ।

अघिल्लो कीर्तिमानी खुर्सानी र पछिल्लो खुर्सानी दुवैलाई वैज्ञानिक एड क्युरीले उत्पादन गरेका हुन्। यसका लागि उनले संसारभरका ज्याद पीरो खोर्सानी भेला पार्छन् र तिनलाई आफ्नै प्रयोगशालामा नयाँ जातको खोर्सानी उब्जाउन विभिन्न प्रयोगहरू गर्छन्। तिनै प्रयोगहरूका माध्यमबाट नयाँ जातको खोर्सानी उत्पादन गरेका हुन्।

सोमबार गिनिज बुकले यो नयाँ जातको खोर्सानीलाई सबैभन्दा पीरो भएको घोषणा गरेको हो। यो नयाँ जातको खोर्सानीलाई भने बजारमा नबेच्ने क्युरीले बताएका छन्। यसअघि एक नम्बरको पीरो खोर्सानीलाई १० वर्षदेखि मान्छेहरूले चोर्ने प्रयास गरेको गुनासो पनि क्युरीले गरेका छन्।

यो नयाँ खोर्सानी खायो भने त्यसले तीन घण्टासम्म तोरीको फूल देखाइदिने दावी क्युरीले गरेका छन्।

प्रकाशित: ३ कार्तिक २०८० ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App