२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

कप्तान बर्मा भन्छिन्ः एसिया कपको मुख्य उदेश्य भनेको युएईलाई हराउँदै सेमिफाइनल पुग्नु हो

नेपाली महिला क्रिकेट टीमकी कप्तान इन्दु बर्माले एसिया कपमा मुख्य उदेश्य भनेको सेमिफाइनलमा पुग्नु रहेको बताएकी छिन्।

आगामी १९ जुलाईबाट श्रीलङ्कामा हुने एसिसी महिला एसिया कप क्रिकेटमा ठूलो टीमलाई चुनौती दिँदै सेमिफाइनलमा पुग्नु मुख्य उदेश्य रहेको उनले बताइन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) सँगको कुराकानीमा उनले भनिन्, ‘एसिया कपको मुख्य लक्ष्य भनेको युएईलाई हराएर सेमिफाइनलमा पुग्ने छ। हामीले ठूलो टीमलाई कडा चुनौती दिँदै जसरी पुरुष क्रिकेट टीमले चुनौती दियो हामी पनि त्यसरी नै चुनौती दिन तयार छौँं।’

उनले पछिल्लो समय नेपाली महिला क्रिकेट टीमले आफ्नो हरेक पक्षमा काम गरिरहेको हुँदा एसिया कपमा पनि राम्रो प्रदर्शनका लागि तयार रहेको बताइन्।

खेलाडीको भूमिकाभन्दा कप्तानको भूमिकामा आइसके पछि टीमको हरेक कमजोरीलाई सुधार्दै बलियो कसरी हुने विषयमा लगातारको छलफल र प्रशिक्षकहरूको प्रशिक्षणले हामीलाई निकै हौसला भेटेको उनको भनाइ छ।

उनले भनिन्, ‘पहिला नेपाली महिला क्रिकेट टीममा आत्तिने र बीचमै छाड्ने जस्तो देखिएको थियो। तर, अहिले हामीले आफ्ना ती कमजोरीलाई हटाइसकेका छौं। हामीले ब्याटिङ्ग, बलिङ्ग र फिल्डिङ्ग सबैलाई राम्रो गरेका छौं। आशा छ एसिया कपमा हामी राम्रो गर्दै फाइनल पनि जित्छौं।’

प्रकाशित: २१ असार २०८१ ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App