२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दिल्लीका लागि रवाना भए प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका लागि प्रस्थान गरेका छन्।

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेर अघि नेपाल वायुसेवा निगमको जहाजबाट उनी दिल्लीका लागि प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री दाहालसँगै पुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी दिल्ली गएका छन्।

मोदीले आइतवार साँझ राष्ट्रपति भवनमा आयोजित भव्य समारोहका बीच प्रधानमन्त्रीको शपथग्रहण गर्नेछन्। 

मोदीले आइतवार साँझ राष्ट्रपति भवनमा आयोजित भव्य समारोहका बीच प्रधानमन्त्रीको शपथग्रहण गर्नेछन्। उनी लगातार तेस्रो पटक प्रधानमन्त्री बन्दै छन् भने भरतको १६ औँ प्रधानमन्त्री हुनेछन्। मोदीको प्रधानमन्त्री शपथग्रहण समारोहका लागि नेपालसहित भुटान, बङ्गलादेश, श्रीलङ्कालगायतका राष्ट्र प्रमुखलाई आमन्त्रण गरिएको छ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आइतवार साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ।

प्रधानमन्त्री दाहाल भोलि नै स्वदेश फर्कने छन्। उनीसँगै भारतका लागि नेपाली राजदूत डा.शंकर प्रसाद शर्मा पनि नेपाल फर्कने छन्। बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले भारतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

प्रकाशित: २७ जेष्ठ २०८१ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App