२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

ललितपुर महानगरले बिमितको ४० प्रतिशत नविकरण शुल्क बेहोर्ने

ललितपुर महानगरले महानगरभित्र स्वास्थ्य बिमामा आबद्ध भएकाहरूको ४० प्रतिशत रकम बेहोर्ने जनाएको छ। नयाँ आर्थिक वर्ष २०८१/८२ सँगै यो कार्यक्रम लागू हुने ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

यो महानगरपालिकाभित्र हालसम्म नौ हजार जना स्वास्थ्य बिमामा आबद्ध भइसकेका छन्। हरेकपटक बिमा नविकरण गर्दा ३५ सय तिर्नुपर्ने र त्यही रकमको ४० प्रतिशत महानगरले बेहोर्ने भएको हो।

यो रकमले महानगरपालिकाभित्रका नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले महानगरले यस्तो कार्यक्रम अघि सारेको प्रवक्ता महर्जनले बताए। स्वास्थ्य बिमामा आबद्ध ज्येष्ठ नागरिकको सम्पूर्ण शुल्क सरकारले बेहोर्ने व्यवस्था छ भने ललितपुर महानगरले थप अपांगता भएका नागरिक र सफाइ कर्मचारीहरूको सम्पूर्ण बिमा शुल्क तिर्न सुरु गरेको महर्जनले बताए ।

प्रकाशित: २१ असार २०८१ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App