२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ईरानमा आज राष्ट्रपतिको निर्वाचन, यी चार जना मैदानमा

ईरानमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। इब्राहिम रइसीको विमान दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको राष्ट्रपति पदका लागि आज निर्वाचन हुन लागेको हो।

समाचार संस्था एपीका अनुसार राष्ट्रपति निर्वाचनका लागि चारजना चुनावी मैदानमा छन्। सईद जलीली, ईरानी संसदका अध्यक्ष मोहम्मद बाकर गालीबाफ, मुस्तफा पोरमोहम्मदी र मसूद पेजेशकियानले राष्ट्रपतिमा उम्मेदवारी दिएका हुन्।

ईरानी राजनीतिक विश्लेषकहरूका अनुसार कट्टरपन्थी एवं पूर्व परमाणु वार्ताकार जलीली र वर्तमान संसदका अध्यक्ष गालीबाफ एकै गुटका लागि चुनाव लड्दै छन् भने पेजेशकियान मुटुको शल्यक्रिया गर्ने चिकित्सक हुन्। उनले आफूलाई रुहानी एवं पूर्व राष्ट्रपति मोहम्मद खातमी जस्ता सुधारवादी र २००९ को ग्रीन मुभमेन्ट विरोधको नेतृत्त्व गर्नेसँग आफूलाई जोडेका छन्। जबकी मसूद पेजेशकियान तबरेजबाट सांसद छन्। उनी उदारवादी विचारधारा भएका व्यक्तिको रुपमा चिनिन्छन्।

यीमध्ये संसदका अध्यक्ष गालीबाफको राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बलियो देखिन्छ। गालीबाफ २०१७ र २०२१ मा रईसीका कारण राष्ट्रपतिको रेसबाट बाहिरिएका थिए। २०१७ मा रईसीलाई हसन रुहानीले पराजित गरिदिएका थिए भने २०२१ मा रईसीलाई सर्वोच्च नेता खामनेईले समर्थन गर्दै राष्ट्रपतिमा निर्वाचित गराएका थिए। त्यसकारण २०२१ मा गालीबाफ राष्ट्रपतिको रेसबाट बाहिरीएका थिए। तर, २०२५ मा हुने राष्ट्रपति निर्वाचनमा उनी रईसीविरुद्ध निर्वाचन लड्ने निश्चित थियो। तर, रईसीको मृत्यु पछि हुन लागेको राष्ट्रपति निर्वाचनमा गालीबाफ बलियो दाबेदारको रुपमा देखिएका छन्।

ईरानको नियम अनुसार उम्मेदवारहरूको आवेदन पहिला गार्जियन काउन्सिलले अध्ययन गर्छ। काउन्सिलले अनुमति दिएपछि मात्रै ती उम्मेदवार चुनाव लड्न पाउँछन्।

यता, ईरानका सर्वोच्च नेता अयातुल्लाह अली खामनेईको नेतृत्त्वमा ईरानको धर्मतन्त्रले महिला वा देशको सरकारमा ठूलो परिवर्तनको आग्रह गर्ने कुनैपनि व्यक्तिलाई मतदानका लागि अनुमति नदिने भएको छ।

प्रकाशित: १४ असार २०८१ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App