२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

९३ वर्षमा मुर्डोकको पाँचौं बिहे

यस्ताे पनि!

प्रख्यात मिडिया टाइकुन रूपर्ट मुर्डोकले ९३ वर्षको उमेरमा पाँचौं विवाह गरेका छन्। उनले अवकाशप्राप्त वैज्ञानिक ६७ वर्षीया एलेना झुकोभासँग क्यालिफोर्नियास्थित फार्महाउसमा सीमित साथीभाइ र परिवारमाझ बिहे गरेका हुन्। गत वर्ष मात्र यी दुईबीच भेट भएको थियो। अघिल्ला बिहेहरूबाट मुर्डोकका  ६ सन्तान छन्।

मुर्डोकले अमेरिका, बेलायत, युरोप र अस्ट्रेलियाभरि मिडिया साम्राज्य चलाउने गरेका छन्। सो साम्राज्य बनाउन ७० वर्षसम्म मिहिनेत गरेका थिए।

गत वर्ष मात्र उनले आफ्ना सारा व्यावसायिक काम थाँति राखेर ५२ वर्षे छोरा लाच्लनलाई न्युज कर्पोरेसनको अध्यक्ष बनाएका थिए। त्यसयता उनलाई चेयरम्यान इमिरेट्सको पद दिइएको छ। उनको सम्पूर्ण कम्पनीको मूल्य २५ अर्ब डलर बराबर छ। मुर्डोकको निजी सम्पत्ति नै आठ अर्ब डलर रहेको अनुमान गरिन्छ। उनी अमेरिकाका ३१ औँ सबैभन्दा धनी र संसारका ७१ औँ धनीमध्ये रहेको फोब्र्स म्यागेजिनले जनाएको छ।

कुनै समय भारतमा स्टार टिभीका मालिक रहेका मुर्डोकको कम्पनीले वाल स्ट्रिट जर्नल, दि अस्ट्रेलियन, द सन्, द टाइम्स लगायतका पत्रिका प्रकाशित गर्छ। उनको पुस्तक प्रकाशन संस्था हार्पर कोलिन्स पनि निकै चर्चित छ।

आफूले यो उमेरमा बिहे गरे पनि आफ्नो दैनिकीमा खासै फरक नपर्ने उनले बताएका छन्। उनले आफ्ना छोराको नेतृत्वमा कम्पनीले अर्को उचाईं लिनेसमेत बताएका छन्।  

प्रकाशित: २४ जेष्ठ २०८१ ०६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App