१८ असार २०८१ मंगलबार
image/svg+xml
सन्देश श्रेष्ठ


सन्देश श्रेष्ठका लेखहरु :

पठाओको आग्रह: जरिवाना काट्ने र थुन्ने नगरियोस्

गण्डकीमा ‘राईड सेयरिङ’ को कानून छ तर कार्यविधी र मापदण्ड बनेको छैन। त्यसैले यहाँ राईड सेयरिङ वैधानिक छैन। यसैलाई टेकेर यातायात व्यवस्था (सवारी) कार्यालय पोखराले राईड सेयरिङ चलाउन रोक लगाएको छ।

पोखराः विद्यार्थी खाजामा महानगरको १० रुपैयाँ थप

पोखरा महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खर्च वापत प्रति दिन १० रुपैयाँ थप्ने भएको छ। महानगरले संघ सरकारले प्रति दिन १५ रुपैयाँ दिने गरेकोमा त्यसमा १० रुपैयाँ थपिदिने भन्दै त्यसका लागि ४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

पोखरा महानगरले ल्यायो पर्यटनमैत्री नीति तथा कार्यक्रम

पोखरा महानगरपालिकाले पर्यटनमैत्री नीति तथा कार्यक्रम ल्याएको छ। महानगरपालिकाको १५ औं नगर सभामा प्रमुख धनराज आचार्यले पर्यटनमैत्री नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

पोखरामा ‘राईड सेयरिङ’ अवैध,चलाए कारबाही गरिने

गण्डकी प्रदेशको राजधानी पोखरामा एपमार्फत ‘राइड सेयरिङ’सञ्चालनमा रोक लगाइएको छ।

गण्डकी प्रदेशः ४५ प्रतिशत बजेट खर्च

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा ४५ प्रतिशत मात्रै खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत गत साउनदेखि असार मसान्त सम्ममा ४५.४८ प्रतिशत मात्र बजेट खर्च गरेको हो।

प्रदेश सांसदको रोजाईः ‘एक निर्वाचन क्षेत्र, एक सडक’

गण्डकी प्रदेश सरकारले सांसदलाई घुमाउरो बाटोबाट बजेट दिएको छ। सांसदलाई बजेट दिन अदालतले रोक लगाएपनि गण्डकी सरकारले घुमाउरो बाटोबाट सांसदलाई बजेट दिएको हो।

गण्डकी प्रदेशको बजेट करिब ३३ अर्ब, चालु बजेट भन्दा ४४ करोड ८७ लाखले कम

गण्डकी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन्।

फ्लोर क्रस गर्ने देवकोटा पदमुक्त, कानूनी उपचार खोज्ने देवकोटाको भनाई

फ्लोर क्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन्।फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् । प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए ।

फ्लोर क्रस गरेका देवकोटा पदमुक्त

फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन्।

प्रदेशस्तरीय पुरुष क्रिकेटः आफ्नालाई समेट्न सिनियरलाई बाइपास

पोखरामा शुक्रबारदेखि प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगितामा गण्डकी प्रदेशका आठवटा जिल्लाका टिमले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा कास्की जिल्लाले पनि सहभागिता जनाउँदैछ। तर प्रतियोगितामा सहभागिताबारे कास्की जिल्ला क्रिकेट संघ (क्यान) बेखबर छ।

गण्डकीको नीति तथा कार्यक्रम: पुरानै योजना, पुरानै कार्यक्रमको निरन्तरता

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पुरानै ढर्रामा आएको छ। गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै योजना र पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको हो।

मनाङेलाई भौतिक र फणिन्द्रलाई उर्जा मन्त्रालय

गण्डकी प्रदेशमा मन्त्रीपरिषद बिस्तार भएको छ। विश्वासको मत पाएको भोलिपल्टै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीपरिषद बिस्तार गरेका हुन्।

मार्सल लगाएर फणीन्द्र देवकोटाले गरे मतदान, सभामा एमालेको नाराबाजी

फ्लोर क्रस गरेर विश्वासको मत दिन लागेका बेला फडिन्द्र देवकोटालाई विपक्षी सांसदहरूले रोकने प्रयास गरेका थिए। तर मार्सल लगाएर सो प्रयास असफल पारिएको थियो।

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई राप्रपाको पनि समर्थन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका छन् । गण्डकी प्रदेश सभाको सोमबार बसिरहेको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत मागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्