२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

गण्डकी प्रदेशको बजेट करिब ३३ अर्ब, चालु बजेट भन्दा ४४ करोड ८७ लाखले कम

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३३ अर्बको बजेट ल्याएको छ।

गण्डकी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन्।

यो चालु वर्षको भन्दा ४४ करोड ८७ लाखले कम हो। गण्डकी सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो।

गण्डकी प्रदेश सरकारले चालुतर्फ १३ अर्ब, १६ करोड, ५ लाख ८२ हजार रुपैयाँ विनियोजन गरेको छ। जुन कुल विनियोजन कुल बजेटको ३९.९१ प्रतिशत हो। त्यस्तै, पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ विनियोजन गरेको छ। जुन कुल बजेटको ५९.१९ प्रतिशत हो। यसैगरी वित्तीय व्यवस्थातर्फ ३ करोड रुपैयाँ विनियोजन गरेको छ। जुन कुल बजेटको ०.९ प्रतिशत हो।

बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ६३ करोड ८८ लाख हुने उल्लेख छ।

यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त हुने ९ अर्ब ६१ करोड १२ लाख, समपूरक अनुदान १ अर्ब १९ करोड, रोयल्टी बापत प्राप्त हुने ४८ करोड १० लाख, विशेष अनुदान ६५ करोड ५५ लाख, आन्तरिक राजस्वबाट ५ अर्ब १७ करोड प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ।

त्यस्तै, चालु आर्थिक वर्षबाट खर्च हुन नसकेको २ अर्ब ९४ करोड नगद मौज्दात रहने आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले अनुमान गरे।

गण्डकी प्रदेश सरकारले १ अर्ब ७० करोड घाटा बजेट ल्याएको छ। जुन आन्तरिक ऋणबाट पूर्ती गरिने उनले बताए।

प्रकाशित: १ असार २०८१ १८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App