२१ असार २०८१ शुक्रबार
image/svg+xml

एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर

एभरेष्ट बैंकले मायादेवी गाउँपालिका १ पकडी कपिलवस्तु तौलिहवामा शाखा कार्यालय मातहत रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ।

सरकारबाटै अछुत दलित

१३ प्रतिशत दलित समुदायले नीति बनाउने बराजुहरूलाई जिताएर पठाउनु कुनै पाप थिएन। तर आज गुनको बैगुन आफैँ प्रदर्शन गरे। सत्तामै दलितलाई अछुत प्रमाणित गरेर।

सांसदको जिम्मेवारीबारे जनताले बुझेनन्, हामीले पनि बुझाउन सकेनौं: नेत्री माझी

नेकपा (माओवादी केन्द्र) की नेत्री उर्मिला माझी दायित्व र जिम्मेवारीका हिसाबले कानुन निर्माण नै मुख्य जिम्मेवारी भए पनि चुनावमा वाचा गरेर आएकाले विकास निर्माणको पक्ष कर्तव्यभित्रको बाध्यात्मक रहेको बताउँछिन्।

‘माननीय सदस्यलाई तीन मिनेटको समय दिन्छु’

सभाको बैठक सञ्चालनमा उठेका विवाद पनि ठट्यौली तरिकाले जवाफ दिने गरेका उनी पुनः स्थापित प्रतिनिधिसभादेखि दोस्रो संविधानसभासम्म चारपटक सभामुख र दुईपटक संविधानसभाको अध्यक्ष बन्दासमेत कसैलाई दिग्दार लागेको थिएन। सरल रूपमा बोल्ने उनको स्वभावले गर्दा पनि सत्तापक्ष र प्रतिपक्षले उनका धेरैजसो शैली मन पराउँथे।

प्रतिनिधि सभामा आजदेखि नयाँ अभ्यास

प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने अभ्यास सुरु भएको हो।

'जनयुद्ध' शब्दमा योगेश र देवेन्द्रको नोकझोक, 'डिक्सनरी पल्टाएर हेर्नुस् माननीयजी त्यो माछा युद्ध थियो, भालु युद्ध थियो?'

माननीयजीलाई एक पटक डिक्सनरी पल्टाएर हेर्न अनुरोध गर्दछु, त्यो माछा युद्ध थियो, भालु युद्ध थियो? जंगलका अर्नाहरु लडेका थिए ? कि रुख, ढुंगाहरु लडेका थिए ?’ माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला, मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ। मानिसका छोराहरु लडेका युद्ध थियो।’

ह्वावेको ग्लोबल फ्ल्यागशि ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सम्पन्न

ह्वावेले यस वर्षको सीड्स फर द फ्युचर (ग्लोबल फ्ल्यागशिप कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम) नेपालको स्नातक तहका विद्यार्थीहरूका लागि आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच समापन गरेको छ।

‘माननीय’को मान

निर्वाचन जित्दैमा र कोटमा माननीयको ब्याच खिप्दैमा विधायक बनिने होइन, विधायन प्रक्रियामा तपाईंको सहभागिता कति स्तरीय भयो भन्ने कुराले त्यो प्रमाणित गर्छ।

‘माननीयज्यू फोहर र मानिस एकै ठाउँमा रहनसक्छ ?’

वरिपरी हरियाली डाँडा र राजधानीसँग जोडिएको रमणीय दृश्य हेर्दै सवारीसाधानमा जान सकिने ककनी गाउँपालिकाको सिस्डोल र बञ्चरेडाँडामा झर्ने वित्तिकै नाकमा दुर्गन्ध फैलन्छ। आँखा पोल्न थाल्छन्, नाकबाट लिइने श्वास पनि दुर्गन्धित भएजस्तो लाग्छ।

डन ‘माननीय’

गाउँका मुखियाको एक्लो छोरा केशरबहादुरकोमा दौलत कमी हुने कुरै भएन। त्यसमाथि पनि पुर्खा देखिकै मुखिया खान्दान। बाउको छहारीमा ओत लागेर दादागिरी गर्न त ऊ सानैदेखि खप्पिस थियो। उमेर परिपक्क हुँदै जाँदा उसको दादागिरीले पनि सिँढी उक्लँदै गयो।

लेन्स अगाडि माननीय लामा (फोटो फिचर)

विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएकी नविना लामा नेकपा एमालेबाट समानुपातिक तर्फबाट सांसद छन्। लामा अनेरास्वियुकी अध्यक्ष पनि हुन्। पहिलो पटक संसदको यात्रामा भए पनि लामा संसदमा परिचित अनुहार हुन्। अविवाहित उनी समय अनुसारको पहिरनमा सचेत छन्।

टहरामा बस्ने माननीय

राजनीति गर्न प्रशस्त पैसा चाहिन्छ भन्ने आम बुझाइ छ । भक्तपुरकी प्रदेश सभा सांसद सरस्वती बाटीको जीवनमा भने यो कुरा मेल खाँदैन । आर्थिक रूपले विपन्न उनी अस्थायी टहरामा बस्दै आएकी छन्।

माननीय बने ‘फरार’ रेशम चौधरी

प्रहरीको ‘फरार’ सूचीमा रहेका रेशम चौधरीले कैलाली क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गर्दा ठूला दलले उनको उम्मेदवारीलाई हल्का रुपमा लिएर दाबी बिरोध गर्न पनि उचित ठानेनन् । चौधरीले राष्ट्रिय जनता पार्टीबाट वारेसमार्फत उम्मेदवारी दर्ता गरेका थिए । दाबी विरोध दर्ता नभएकाले उनको उम्मेदवारी कानुनी कि गैरकानुनी भनेर बहस नै चलेन ।

सम्मानीय र माननीयलाई एकै दर्जामा, गृहको असहमति

पूर्वपदाधिकारीको सूचीमा पूर्वसांसदलाई पनि राख्ने प्रस्तावप्रति गृह मन्त्रालयले असहमति जनाएको छ । राज्य व्यवस्था समितिको आइतबारको बैठकमा पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकमाथि बोल्दै गृहमन्त्री जनार्दन शर्माले सम्माननीय र माननीयलाई एकै ठाउँमा राखेर विधेयक पारित गर्न नमिल्ने बताए ।

सम्माननीय प्रधानन्यायाधीशलाई सुझाव

पछिल्लो चरणमा कतिपय न्यायाधीशमा अध्ययन कम हुँदै गएका उदाहरण बाक्लै भेटिन थालेका छन्। जस्तो– कुनै कार्य गर्नमा रोक लगाउन प्रतिषेध जारी गरिनुपर्नेमा परमादेश जारी भएका छन्। प्रमाण ऐन, २०३१ को दफा २ (झ) भनेर लेखिन्छ। प्रमाण ऐनमा त्यो दफा नै छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्