२३ असार २०८१ आइतबार
image/svg+xml

जमिनमा आदिवासी र महिलाको पहुँचमा जोड

जमिनमा आदिवासी र महिलाको स्वामित्व सुनिश्चित गर्नुपर्ने निष्कर्षका साथ इन्डोनेसियाको बाङडुङमा आयोजित विश्व भूमि सम्मेलन समापन भएको छ।

आठ अर्बमा १८ तले अपार्टमेन्ट बनाइँदै

पोखरामा खेतीयोग्य जमिन विस्तारै घडेरीको रुपमा परिणत हुँदै खण्डीकरण बढेपछि रियल इस्टेट व्यवसायी विमल बस्यालले अपार्टमेन्टको अवधारणा ल्याएका छन् । उनले पोखरामै पहिलो अपार्टमेन्ट बनाउने घोषणा गरेका छन्।

गुठी ऐन : कस्तो?

अहिले सरकार गुठी जमिनसम्बन्धी ऐन निर्माणमा लागिरहेको छ । यो ऐनले गुठी जग्गा कमाइरहेका तथा गुठीको सम्पत्ति प्रयोग गरिरहेका सबैको समस्या समाधान हुने अपेक्षा छ । मुलुकभर विभिन्न मन्दिर वा संगठित संस्थाका नाममा रहेका गुठीले धेरै समस्या सिर्जना भएका छन्।

वाग्मती र बकैयाकाे त्रास

अविरल वर्षाका कारण दुई ठूला नदी वाग्मती र लालबकैयामा आएको बाढी खेतीयोग्य जमिन कटान गर्दै तटबन्ध नजिकै आइपुगेपछि आसपासका बासिन्दा त्रासमा परेका छन्।

जमिन भासिदा दुई घर भत्किए

पोखराको पुरानो बजार मोहरिया टोलमा रहेको दुईवटा पुराना भवन भत्किएको छ। मंगलबार दिउँसो परेको मुसलधारे पानीले जमिन भासिएपछि पुरानो घर भत्किएको हो। घरहरु पूर्णरुपमा क्षति भएको छ।

धान दिवस : सरकारले खेती गर्न किसानलाई जमिन दिने

प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जग्गा नभएकाले खेती गर्न नसक्ने किसानलाई सरकारले जमिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। १५ औं राष्ट्रिय धान दिवसको अवसरमा भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जग्गा नभएकाहरुलाई प्रदेश सरकारसँग समन्वय राख्न आग्रह गरे।

घट्दै कृषियोग्य जमिन

बढ्दो सहरीकरणसँंगै भक्तपुरमा कृषियोग्य जमिन घट्दै गएको छ। यही कारण किसानको जिल्ला भनेर चिनिने भक्तपुरमै धान रोपेको हेर्न दुलर्भ जस्तो हुन थालेको छ । विशेषगरी पुरानो नगरपालिकाको रुपमा रहेको भक्तपुर र मध्यपुर थिमिका सबैजसो वडामा घरैघरले भरिएका छन् । जिल्लाको सबै क्षेत्र नगरपालिकामा रुपान्तरण भइसकेको छ।

एक विगाह जमिनको गाँजा खेती नष्ट

कञ्चनपुरमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीकाे संयुक्त टाेलीले एक विगाहामा लगाएकाे गाँजा खेती नष्ट गरेका छन्।

जमिन्दार कम्युनिस्ट

११ वर्षको उमेरमै १३ दिन जेल परेका यी कम्युनिस्ट नेताले राजनीतिमै लागेका कारण आफन्तबाट हेला सहे । तर समयक्रमले उनलाई सही प्रमाणित गर्दै लगेको छ । यतिबेला गाउँ/सहरमा उनलाई सम्मान गर्नेको संख्या बढ्दो छ । उनी हुन् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ।

बसाइँसराइका कारण  बाँझिदै खेतीयोग्य जमिन

बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन्। भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो। जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ।

को को हुन् फेवातालको जमिन आफ्नो नाममा दर्ता गर्नेहरु ? (नाम र कित्ता सहित)

फेवातालको १ हजार ६ सय ९२ रोपनीभन्दा बढी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेका छन्। आइतबार सर्वोच्च अदालतले फेवाताल किनारमा अबैधरुपमा बनेका संरचना भत्काउन र तालको जग्जा फिर्ता ल्याउन सरकारका नाममा आदेश दिएपछि फेवाताल संरक्षणको बाटो खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्