टीकापुरको महालेखा प्रतिवेदनमा बेथितिका चाङ
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को अन्तिम लेखापरिक्षण प्रतिवेदन बेथितिका चाङले भरिएको छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को अन्तिम लेखापरिक्षण प्रतिवेदन बेथितिका चाङले भरिएको छ।
टीकापुरस्थित घन्टाघर निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सवा तीन करोडभन्दा बढी लागतमा निर्माण भएको घन्टाघर सञ्चालनमा नआउँदा जीर्ण बन्दै गइरहेको छ।
कैलालीमा हुलाकी राजमार्ग अन्र्तगत लम्की–टीकापुर–खक्रौला सडक निर्माणको काम थपिएको समयमा समेत सम्पन्न हुने सम्भावना कम देखिएको छ।
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको विद्युत् गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि तीन महिनादेखि अध्ययनका नाममा मन्त्रालयमा थन्क्याइएको छ।
कार्कीले यो व्यवसाय १६ हजार रुपैयाँमा सुरु गरेका थिए। त्यतिबेला ६० रुपैयाँमा एक क्विन्टल उखु पाइन्थ्यो। उनी प्रतिगिलास दुई रुपैयाँमा उखु रस बेच्थे।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी भित्र थुप्रिएको फोहोर सफा गर्ने बेला भएको बताएका छन्। समुदायमा कांग्रेस अभियान अन्तर्गतको संवाद यात्राका क्रममा आज कैलालीको टीकापुर पुगेका थापाले फोहोर सफा नगरे कांग्रेस सुदृढ नहुने बताए।
२०६४ सालमा कर्णाली नदीमा भीषण बाढी आयो। बाढीले नदीको धार परिवर्तन गरिदियो। बर्दिया राष्ट्रिय निकुञ्ज छेउ हुँदै बग्ने गेरुवा नदी (कर्णाली नदीकै सहायक नदी) को धार कैलालीतर्फ फर्कियो। गेरुवा नदीमा पानीको सतह निक्कै घट्यो। कर्णाली नदीको जम्मै पानी पश्चिमतर्फ बर्दिया र कैलाली जिल्लाको सीमा हुँदै बग्न थाल्यो।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको लफडाले गर्दा सुदूरपश्चिम सरकारमा हलचल जारी छ।
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ। लम्की चुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष लब शाहीले उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको बताए।
नेकपा माओवादी नेतृत्वको संघीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्दै टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा सुरु भएको बैठकमा २१ मध्ये १२ जनाको उपस्थिति रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक आज टीकापुरमा बस्दैछ। बैठकले सुदूरपश्चिम प्रदेश सरकारका बारेमा निर्णय गर्ने बताइएको छ।
हाम फालेका १७ मध्ये १६ जना पौडिएर नदीको पश्चिम किनारतर्फ पुग्न सफल भए। तर १६औं नम्बरमा हाम फालेका ३२ वर्षका युवा लोकेन्द्र शाही भने पौडिन सकेनन्। उनी हेर्दाहेर्दै नदीमा बेपत्ता भए। वरपरबाट डुबेको देख्नेले कोलाहल मच्चाए पनि समयमा उनको उद्धार हुन सकेन।
दुईजना सुरक्षागार्डले ५ सय मिटर लामो पुलको सुरक्षा गर्नुपर्छ। उनीहरु मध्ये एकजना ड्युटीमा नहुँदा एक्लैले जिम्मेवारी सम्हाल्नु पर्छ।
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। बैठकले सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारमा जानका लागि सत्तापक्ष र विपक्षी दलसँग वार्ता गर्न ३ सदस्यीय कमिटी गठन गरेको छ।