२४ असार २०८१ सोमबार
image/svg+xml

सरकारले भूकम्प पीडितलाई युद्ध स्तरमा सेवा दिन सक्नुपर्छ: झलनाथ खनाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पश्चिम नेपालका भूकम्प पीडितका लागि आवश्यक सेवा उपलब्ध गराउने कामलाई युद्ध स्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन्।

सरकारले भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजार दिने (यी हुन् मन्त्रिपरिषद्को निर्णय)

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो।

राहत दिनेलाई भूकम्प पीडित भन्छन्, ‘तपाईहरु वास्तविक भगवान हुनुहुन्छ’

‘हामी विपदमा परेका बेला राहत ल्याएर आउने तपाईहरु वास्तविक भगवान हुनुहुन्छ, तपाईको सधैं भलो होस्,’ राहत लिएर पुगेका दातासँग भेरी नगरपालिका–१ जाजरकोटकी ६६ वर्षीया बृद्धा भजी रानाले आँसु खसाल्दै भनिन्।

कोशी प्रदेश जिससबाट सात लाख राहत

कोशी प्रदेशका जिल्ला समन्वय समिति (जिसस) हरूले जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लाका भूकम्प पीडितलाई ५० हजार रूपैयाँका दरले सहयोग गर्ने भएका छन्।

चौधरी फाउन्डेसनद्वारा राहत सामग्री प्रदान

सिजी होल्डिङ्सअन्तर्गतको सिएसआर डिभिजन अरूण चौधरी फाउन्डेसनले भूकम्प पीडितलाई आपतकालीन राहत सामग्रीहरू प्रदान गरेको छ।

सरकारले भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्छ: संसदीय समिति

संसदीय समितिले जाजरकोट सहितका भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

भूकम्प पीडितलाई प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने

प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब दिने भएका छन्।

बैंकहरूद्वारा भूकम्प पीडितलाई सहयोग

ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग​को समन्वयमा भूकम्प पीडितहरूलाई आर्थिक सहयोग गरेको छ।

न्यायाधीशहरुले भूकम्प पीडितलाई ७ दिनको तलब दिने

सर्वोच्च अदालतका प्रधानन्यायाधीश एवं न्यायाधीशहरुले भूकम्पका पीडितहरूलाई ७ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्।

भूकम्प पीडितले अझै पाएनन् त्रिपाल

राहत सामग्रीस्वरुप आएको त्रिपाल, अन्य सामग्री घरधनिका नाममा आउने गरेपछि सदरमुकामबाहिर ठेगाना भएका पीडित सबैभन्दा बढी मारमा परेको भेरी नगरपालिका–३ थाप्लेका मिलन चदाराले बताए।

दुईवटा चिनियाँ जहाजमार्फत राहत सामाग्री पोखरा ल्याइयो

जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री पोखरा ल्याइएको छ। चिनका दुइवटा कार्गाे जहाजबाट ती सामान बुधबार बिहान पोखरा ल्याइएको हो।

सानिमा बैंकद्वारा २५ लाख रूपैयाँ सहयोग

सानिमा बैंकले भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो।

घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितका लागि १५ लाख सहयोग

घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्