२२ असार २०८१ शनिबार
image/svg+xml

संसद बैठक आज पनि बस्दै

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने जलस्रोत विधेयक, २०८१ प्रस्तुत गर्नेछन्।

बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गरियोस्ः सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने÷गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन्।

असारे विकास गर्ने प्रवृत्तिको अन्त्य होस्ः सांसद पौडेल

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले आर्थिक वर्षको अन्तिम असारमा मात्रै विकास निर्माणको काम गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन्।

सरकारले राजदूत नियुक्तिको निर्णयलाई तत्काल सच्याउनुपर्छः सांसद साउद

नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले सरकारले ११ देशका राजदुत फिर्ता गरेर नयाँ नियुक्त गर्न गरेको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेका छन्।

विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित

मंगलवार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन्।

संसद बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकारलाई सांसद गैरेको आग्रह

नेकपा एमालेका सांसद ठाकुर प्रसार गैरेले भ्रष्टाचारविरुद्ध अझ निर्मम बन्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

तराई/मधेसका जिल्लामा शान्ति सुरक्षा बिग्रियो: सांसद थपलिया

नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहा लगायतका तराई÷मधेसका जिल्लाहरूमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्।

आन्दोलनरत कर्मचारी र कानून मन्त्रीको नेतृत्वमा गठित समितिबीच छलफल जारी

सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्व टोलीबीच छलफल जारी छ।

संसद बैठक बस्दै, आजपनि सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने

आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

संसद सचिवालयका कर्मचारीहरूको माग पूरा गर्न सरकारलाई आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सङ्घीय संसद सचिवालयका कर्मचारीहरूको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन्।

कर्मचारीको आन्दोलनले प्रतिनिधिसभा बैठक प्रभावित

प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। संघीय संसद् सचिवालयका कर्मचारीको लगातारको आन्दोलनका कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

द्वन्द्वकालीन यौनजन्य हिंसा दर्ताको माग

दसवर्षे सशस्त्र द्वन्द्वका बेला भएका यौनजन्य हिंसाका पीडितले घटनाको प्रभावकारी अनुसन्धानसहित जघन्य अपराध गर्नेहरूलाई जिम्मेवार बनाउन माग गरेका छन्।

संसदका आगामी सबै बैठकमा उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको आगामी सबै बैठकमा अनिवार्य उपस्थिति हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।

शून्य समयमा सांसदहरू: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

संसद सचिवालयका कर्मचारी र दूधको भुक्तानी माग्ने किसानहरूको माग सम्बोधन गर्न सरकारसँग सांसदहरूले माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्