२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

आन्दोलनरत कर्मचारी र कानून मन्त्रीको नेतृत्वमा गठित समितिबीच छलफल जारी

सङ्घीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्व टोलीबीच छलफल जारी छ।

मन्त्री गिरी नेतृत्त्वको तीन सदस्यीय टोली र आन्दोलनरत संसद् सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिहरूबीच संसद् भवनमामा छलफल भइरहेको छ।

आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरी नेतृत्वको समिति बनाएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायत नेताहरूको बैठकले कर्मचारीको मागबारे सहजीकरणका लागि समिति बनाएको हो।

समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य रहेका छन्।

अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरू विभिन्न ११ बुँदे मागसहित आन्दोलनमा छन्।

प्रकाशित: १० असार २०८१ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App