२४ असार २०८१ सोमबार
image/svg+xml

अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित

पचास श्ययाको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए।

बराहपोखरीको प्रशासनिक भवन निर्माणमा ढिलासुस्ती

बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती भएको पाइएको छ।

कञ्चनपुर कमला सडक स्तरोन्नतिमा चिनियाँ ठेकेदारको आलटाल

कञ्चनपुर-कमला सडक निर्माणको काममा चिनियाँ ठेकेदार कम्पनीले आलटाल गर्दा ३९ महिनामा ४१ प्रतिशत मात्र काम भएको छ।

नारायणघाट-बुटबल सडक निर्माणमा ढिलासुस्ती: ५० प्रतिशत प्रगति नभए ठेक्का तोडिने

आयोजना निर्देशनालयले नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनीलाई सन् २०२३ को डिसेम्बरसम्ममा समष्टिगत भौतिक प्रगति ५० प्रतिशत नभएको खण्डमा ठेक्का तोड्ने चेतावनी दिएको छ।

सन्दीपविरुद्धको मुद्दा फैसलामा ढिलासुस्ती

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरूद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दामा फेरि पनि पीडितको जन्म मिति र बसाइसराइँसम्बन्धी थप कागजात मगाउन आदेश गरेको छ।

बीस महिनाको काम चार महिनामै!

ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको बेला २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ।

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।

चरिकोट–मुडे सडकमा ढिलासुस्तीविरुद्ध जनप्रतिनिधि समेत सडक संघर्षमा

जिल्लालाई राजधानीसंग जोड्ने ‘लाईफलाईन’ चरिकोट–मुडे सडकमा ढिलासुस्ती र लापरवाहीविरुद्ध जनप्रतिनिधि नै सडक संघर्षमा ओलिएका छन्।

सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।

सुनकोसी पुल निर्माणमा चरम ढिलासुस्ती

१२० मिटर लम्बाई हुने ‘आर्क’ डिजाईन पुलको हालसम्म वित्तीय ४५ प्रतिशत र भौतिक प्रगति ४८ प्रतिशत मात्र सम्पन्न भएको सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ सुनसरीका साइड इन्जिनियर रवी शाहले बताए।

स्वास्थ्य भवन निर्माणमा चरम ढिलासुस्ती

स्वास्थ्य चौकी भवन निर्माणमा चरम ढिलासुस्ती भएपछि खोटाङको साकेला गाउँपालिकाले ठेकेदारमाथि कारबाही गर्न माग गरेको छ। साकेला–५ मात्तिम बिर्तामा तीन वर्षमा निर्माण गरिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन पाँच वर्षमा पनि पूरा नभएपछि गाउँपालिकाले ठेकेदार कम्पनी युएस–नाना जेभी नीलकण्ठ–३ धादिङलाई कारबाही गर्न माग गरेको हो।

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही

खोटाङको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्ने ठेकेदार कारबाहीमा परेका छन्। गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डको महुरे–राजापानी (सिमपानी) खण्ड कालोपत्रेको काममा ढिलासुस्ती गर्ने भारत कन्सट्रक्सन/सिद्धि शाही जेभीबाट बैंक ग्यारेन्टी जफत गरेर कारबाही गरिएको हो।

फोक्सिङटार ‘आर्क ब्रिज’ निर्माणमा ढिलासुस्ती

निर्माण व्यवसायीले हाल खोटाङतर्फको आर्क राख्ने रडको प्वाल ड्रिल लगाएर छोडिरहेको छ। बिमको फेदमा गरिएको ढलानमा रहेको आर्क राख्ने रड वर्षाको बाढीले बगाएको थियो। खोटाङलाई पूर्वी सहरसँग जोड्ने ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष राईले पुलसँग सम्बन्धित डिई शाह र निर्माण व्यवसायी थापालाई काठमाडौंमा एक ठाउँमा भेला गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्