२३ असार २०८१ आइतबार
image/svg+xml

मनास्लु क्षेत्रमा हिउँ चितुवाका १३ वयस्क देखिए

हिउँ चितुवाबारे अध्ययन अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताले गोरखाको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) मा हिउँ चितुवाका १३ वटा वयस्क र दुईवटा बच्चा देखिएको बताएका छन्।

डोल्पामा एक सय २० हिउँ चितुवा

हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रवार सार्वजनिक गरिएको छ। नतिजाअनुसार डोल्पाको संरक्षित क्षेत्रबाहिर पनि हिउँ चितुवाको उल्लेखनीय सङ्ख्या रहेको देखिएको छ।

‘स्थायी ठेगाना’ नखुलेको हिउँ चितुवा एयर कन्डिसनमा

यो हिउँ चितुवा आजभन्दा ६ दिन अघि (गत मंगलबार) मोरङ जिल्लाको उर्लाबारीस्थित बाँसघारीमा घाइते अवस्थामा भेटिएको हो। हिमालमा जन्मिने, हुर्किने, रमाउने जनावर एकाएक तराईमा भेटिएपछि सबै आश्चर्यमा परेका छन्।

चारघरेमा भेटिएको हिउँचितुवालाई चिडियाखानामा राखियाे (तस्बिरहरु)

मोरङको चारघरे भेटिएको हिउँचितुवालाई ललितपुरको सदर चिडियाखानामा राखिएकाे छ।

भाले चितुवाको उर्लाबारीबाट उद्धार

आज दिउँसो भाले चितुवाको मोरङको उर्लाबारी क्षेत्रबाट उद्धार गरिएको छ। उर्लाबारी नगरपालिका–१ स्थित झारसाँदीमा चितुवा भेटिएको थियो।

शिशाघाटमा चितुवाको त्रास

जिल्लाको व्यास नगरपालिकाको शिशाघाट साजामा केही दिनदेखि चितुवाको आतङ्क बढ्न थालेको छ। साँझपख र बिहानको समयमा चितुवा देखिनुका साथै पशुचौपाया मार्न थालेपछि स्थानीयवासी त्रासित भएका हुन्।

चितुवा देखिन थालेपछि सतर्क रहन आग्रह

टुँडिखेलटोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए।

हिउँ, हिमाल र हिउँ चितुवाको मारमा याकचौँरी

हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो।पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन्।

बर्दियामा चितुवाको आक्रमणबाट नौ जना घाइते

चितुवाको आक्रमणबाट आइतबार दिउँसो नौ जना घाइते भएका छन्। गुलरिया नगरपालिका–११ गो कचौरामा चितुवाले आक्रमण गरेको हो।गुलरिया नगरपालिका–११ की अन्दाजी ३५ वर्षीय किस्मतु हज्जाम, गुलरिया नगरपालिका–१२ टेशनपुरका मोहन थारु गम्भीर घाइतेको बर्दिया अस्पतालमा उपचार भईरहेको छ।

नियन्त्रणमा लिइयो कौशलटारमा देखिएको चितुवा

भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा निस्किएको चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्। उक्त चितुवालाई काठमाडौले वन डिभिजन कार्यालयले नियन्त्रणमा लिएको छ।

पर्वतमा चितुवा मृत फेला

पर्वतको मोदी गाउँपालिका-७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ। राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धान खेतमा आज चितुवा मृत फेला परेको हो।

चितुवा नियन्त्रणमा लिन खोर

डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ। फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्