कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच आज फाइनल खेल हुँदै छ।
शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो। यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले नै हराएर एपिएफ क्लबले फाइनलमा स्थान बनाएको हो। फाइनल खेल हुनुअघि आजै पुलिस क्लब र आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्प्रर्धा हुनेछ।
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताका विजेताले चार लाख, उपविजेताले दुई लाख र तृतीयले एक लाख पुरस्कार प्राप्त गर्ने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए। प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए। –रासस
प्रकाशित: २० माघ २०८० ०९:०२ शनिबार