२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

हामी किन मोटो हुन्छौं?

यस्ताे पनि!

हामी खाना खाएर आराम गरिरहेका बेला हाम्रो शरीरमा भएको जेनेटिक गडबडीका कारण मोटोपन बढ्ने, कम क्यालोरी खर्च हुने देखिएको छ।

युनिभर्सिटी अफ एक्स्टरले पाँच हजारमध्ये एक जनामा एसएमआईएमआई नामक जिनको दुई वटा नक्कलको अभावमा मोटोपन बढ्ने निष्कर्ष निकालेको छ। यस्तो जिनको अभाव भएकाहरूमा विरल किसिमको रक्त प्रकार, भेल नेगेटिभ हुने पनि बताइएको छ। यस्तो दुर्लभ रगतको प्रकार भएपछि उनीहरूमा रगत ट्रान्सफ्युज गर्न समस्या हुने बताइएको छ।

बेलायतमा यस किसिमको रगतको प्रकार हुने मानिसको संख्या १३ हजार पाँच सय रहेको बताइन्छ। पहिले एसएमआईएमआई जिनले रगतको प्रकारमा मात्र भूमिका खेल्छ भन्ने सोचिएको थियो तर वैज्ञानिकहरूले यो जिनले मोटोपनका लागि आवश्यक भूमिका पनि खेल्ने पत्ता लगाएका हुन्।

एसएमआईएमआई अभावमा महिलाले साढे चार केजी अतिरिक्त वजन लिने र पुरूषहरूले अढाई केजी लिने गरेको पाइएको छ। सेल बायोलोजीकी एसोसिएट प्रोफेसर माटिया फ्रोन्टिनी भन्छिन्,‘सानो समूहमा मोटोपनका लागि यस्ता जेनेटिक प्रकारले भूमिका खेलिरहेको रहेछ। अब तिनको उपचार गर्ने कुरामा हामीले सो जिनले खेल्ने भूमिकाजस्तै औषधी प्रयोग गरी मोटोपन कम गर्न सक्छौँ।’

विगत ५० वर्षमा मोटोपन तेब्बरले बढेको छ। संसारभर २०३० सम्म एक अर्ब मानिस मोटोपनको समस्यामा पर्ने देखिएको छ। यसले आर्थिक क्षति त बढाउँछ नै स्वास्थ्य खर्च पनि बढाउने भएकाले यसमाथि अहिलेदेखि नै सोच्नुपर्ने फ्रोन्टिनी बताउँछिन्।

बेलायतमा तीनमध्ये दुईजना वयस्क मोटोपनको शिकार छन्। हुन त यस्तो मोटोपनको मुख्य कारक अस्वस्थ जीवनशैली भए पनि जेनेटिक समस्या पनि उत्तिकै रहेको विज्ञहरू बताउँछन्।

प्रकाशित: १० असार २०८१ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App