२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

अमेरिकाबाट नेपाल आएर किशोरी बलात्कार

अमेरिकाबाट घर आएका इटहरीका एक युवाले १९ वर्षीया किशोरीलाई जर्वरजस्ती करणी गरेको पाइएको छ।

उदयपुरको गाइघाट घर भई धरान डेरा गरी बस्ने किशोरीलाई इटहरी वडा नं. ९ घर भएका युवा तपेन्द्र थापाले स्थानीय एक होटलमा जर्वरजस्ती करणी गरी फरार भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

थापाले ती युवतीलाई धरानबाट इटहरी ल्याएर जर्वरजस्ती करणी गरेको पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा दिएको जाहेरीमा उल्लेख छ। इटहरीका डिएसपी टेकबहादुर कार्कीले फरार थापाको खोजी भइरहेको बताए।

चार दिनअघि धरानबाट चार जनाको समूहमा रहेका युवाले ती किशोरीलाई ल्याएर तरहरामा खाजा खुवाएका थिए। त्यसपछि युवाका अन्य तीन जना साथीहरु इटहरी हलगढामा उत्रिएका थिए। थापाका साथीहरु उत्रिएपछि उनले इटहरीको एक होटलमा ल्याएर जर्वरजस्ती करणी गरेको पीडित युवतीको उजुरीमा उल्लेख छ।

प्रकाशित: ९ असार २०८१ १८:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App