२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्या गरी फालिएको अवस्थामा एकजना महिलाको शव फेला

सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १२ लौकठमा एकजना महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हत्या गरेर फालेको अवस्थामा ती महिलाको शव फेला परेको हो।

सर्लाही प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले उक्त शव स्थानीय शङ्कर महतोकी श्रीमती ३५ वर्षीया लिलावती देवी महतोको रहेको बताए।

उनका अनुसार घरबाट करिब डेढ किलोमिटर टाढा खेतमा उनको हत्या गरेको अवस्थामा शव बरामद भएको हो।

डिएसपी श्रेष्ठले घटनाबारे जानकारी पाए लगतै मृतक महिलाका श्रीमान् शंकर र उनकी कान्छी श्रीमती सजनीदेवी महतोलाई नियन्त्रणमा लिइएको बताए।

मृतक महिलाको घाँटी र अनुहारमा निलडाम देखिएको हुँदा श्रीमान् र सौतेनी श्रीमतिले नै हत्या गरेको हुन सक्ने भन्दै उनीहरुलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित: ५ असार २०८१ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App