२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रकको ठक्करले पूर्व प्रहरीको निधन

ट्रकको ठक्करले ज्यान गुमाएका रत्न तामाङ। तस्बिर : नागरिक

सवारी दुर्घटनामा परी शुक्रबार एक पूर्व प्रहरी हबल्दारको निधन भएको छ। मदन भण्डारी लोकमार्गअन्तर्गत गाईघाट–नेपालटार खण्डको त्रियुगा नगरपालिका ७ चुहाडेमा भएको दुर्घटनामा परी उदयपुरगढी गाउँपालिका ७ नेपालटारका रत्न तमाङको निधन भएको हो।

नेपालटारबाट गाईघाटतर्फ आउँदै गरेका ३५ वर्षीय तामाङ सवार को २८ प ७०६० नम्बरको मोटरसाइकलमा सवार तामाङलाई प्रदेश १–५–०१ क ००३५ नं. को ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। बिहान ११ः०० बजेको घटनामा बेहोस भएका उनलाई तत्काल उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याएकोमा उपचारकै क्रममा निधन आफन्तले बताएका छन्।

दुर्घटनामा परी मोटरसाइकलपछाडि सवार तामाङकै पत्नी उर्मिला पनि गम्भीर घाइते भएको नेपालटारकै स्थानीय ढकबहादुर राउतले बताए। उनका अनुसार उर्मिलालाई जिल्ला अस्पतालमै प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्लाबाहिर रिफर गरिएको छ।

मृतकको शव जिल्ला अस्पताल उदयपुरमा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ। ट्रक र चालक त्रियुगा नगरपालिका ११ गाईघाटका ४० वर्षीय विनोद चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०८० ११:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App