२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपा सांसद डाँगी भन्छिन्: महामन्त्रीमाथि कारबाहीको निर्णयमा मेरो हस्ताक्षर छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले महामन्त्री डा.मुकुल ढकालमाथि कारबाही गर्ने पार्टी निर्णयमा आफूले पनि हस्ताक्षर गरेको प्रस्टोक्ति दिएकी छन्।

सामाजिक सञ्जालमा आफ्नो ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै सांसद डाँगीले यस्तो प्रष्टीकरण दिएकी हुन्।

‘सञ्चारमाध्यममा रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा भन्ने शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ सांसद डाँगीद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ,‘महामन्त्रीमाथि कारबाही गर्ने केन्द्रीय समितिको निर्णयमा नै मैले हस्ताक्षर गरेकी छु।’

सांसद डाँगीले भ्रामक, तथ्यहीन, कपोलकल्पित रूपमा सिर्जना गरिएको र कुनै सत्यता नरहेको समाचारप्रति खेद प्रकट गरेको पत्रमा उल्लेख छ।

प्रकाशित: २० असार २०८१ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App