२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रक र पिकअप ठोकिँदा दुईजनाको मृत्यु

जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित आधाभारमा  जंगलमा आज बिहानै भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

सिमराबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बुलेरो पिकअप आपसमा ठोक्किएको राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ।

सवारी दुर्घटनामा परी मृत्यु हुने बुलेरो पिकअपका चालकको परिचय खुल्ल सकेको छैन भने अर्का बुलेरोमा सवार रहेको भारत बिहार मोतिहारी जिल्ला कुन्दनपुरनिवासी चन्दन चौहान रहेको राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले बताएका छन्।

दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको परवानीपुरस्थित एलएसन्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०८० १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App