२३ असार २०८१ आइतबार
image/svg+xml
कला

डा.कुसुमाकर शर्मा गौतमको ‘हिउँको राप’ माथि परिचर्चा

क्यानाडाको अल्बर्टा राज्यको एडमन्टन शहरमा डा.कुसुमाकर शर्मा गौतमको लघुकथासङ्ग्रह ‘हिउँको राप’ माथि परिचर्चा भएको छ।

परिचर्चा एवं भेटघाट कार्यक्रममा साहित्यकार विश्वराज अधिकारीसँग स्थानीय साहित्यकारहरूको साक्षात्कार भएको थियो।

उक्त परिचर्चा कार्यक्रममा डा.कुसुमाकर शर्मा गौतमको लघुकथासङ्ग्रह हिउँको रापमाथि मोदनाथ खनाल, सुरेन उप्रेती र शर्मिला पोखरेलले आआफ्नो धारणा राखेका थिए।

विशेष परिस्थितिले भौतिक रूपमा उपस्थित हुन नसकेका परिचर्चाकार डा. नारायण पोखरेलले हिँउको रापमाथि गरेको समीक्षा साहित्यकार शर्मिला पोखरेलले सो कार्यक्रममा वाचन गरेकी थिइन्।

साहित्यकार मोदनाथ खनालले हिउँको रापमा भएका लघुकथाहरूमा भाव एवं विचारको सम्प्रेषण विशेष किसिमले व्यक्त गरिएको उल्लेख गरेका थिए।

साहित्यकार सुरेन उप्रेतीले हिउँको रापमा भएका लघुकथाहरूले कुनकुन विषयहरू समेटेको छ भन्ने सन्दर्भमा ती लघुकथाहरूले राजनीतिक अस्थिरता, नारी अधिकार, सामाजिक विसङ्गति, अज्ञानता, अन्धविश्वास एवं भ्रष्टाचारका मुद्दा सशक्त किसिमले उठाएको बताए।

यसैगरी आफ्नो लिखित समीक्षामा डा.नारायण पोखरेलले डा.गौतमका लघुकथाहरूले राष्ट्रियताका विभिन्न आयामबारे गम्भीरतापूर्वक विवेचना गरेको उल्लेख गरेका थिए।

त्यस्तै साहित्यकार शर्मिला पोखरेलले हिउँका रापका लघुकथाहरूमध्ये आफूलाई मन परेको ‘माटोको सुवास’ लघुकथा वाचन गरेकी थिइन्। हिउँको रापका अन्य लघुकथाकथाले पनि आफ्नो मन छोएको उल्लेख गरेकी थिइन्।

सो भेटघाट एवं परिचर्चा कार्यक्रमको सहजीकरण एडमन्टन निवासी डा.रेमन्त केसीले गरेका थिए। अर्चित शर्माले उक्त कार्यक्रममा प्राविधिक सहयोग पुरयाएका थिए। कार्यक्रम एममन्टनको नेपाली संस्था ‘नेपालिज क्यानेडिएन सोसाइटी अफ एडमन्टन’ को हलमा भएको थियो।  

प्रकाशित: २० असार २०८१ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App