२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले–कांग्रेस गठबन्धनबारे माओवादीको टिप्पणी: पश्चगामी यात्राको संकेत

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीच हुन लागेको गठबन्धन अग्रगमनभन्दा पश्चगमनतिर जाने सङ्केत रहेको टिप्पणी गरेका छन्।

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले यस्तो टिप्पणी गरेका हुन्।

‘देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्ने कुरा नै प्राकृतिक जस्तो लाग्दैन। बाहिर कुरा आइरहेको छ, संविधान संशोधनसम्मका कुरा छन्,’ पार्टी प्रवक्ता समेत रहेका सापकोटाले भने, ‘संविधान संशोधनमा पनि समानुपातिकका कुरा छन्। अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने सङ्केत देखा परेको छ। यो बेठिक छ।’

यी घटनाहरू अप्रत्याशित आएको पनि उनले बताए। ‘यो त्यति स्वभाविक र संवैधानिक छैन। लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर आएको जस्तो लाग्दैन,’ सापकोटाले भने।

प्रकाशित: १८ असार २०८१ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App