२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सहमतिबाटै नेतृत्त्व चयन हुन्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन्।

बिहीवार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो बताएका हुन्।

पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुषालले अध्यक्षमा दाबी गरेका थिए। वार्तापछि सहमतिबाटै नेतृत्त्व टुङ्गो लाग्ने निस्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए।

उनले भने, ‘छलफल चलिरहेको छ। सर्वसम्मत नेतृत्त्व चयन हुन्छ। पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन।’

अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभइ नयाँ नेतृत्त्व चयन हुने बताए।

प्रकाशित: २० असार २०८१ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App