२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

बाढीपहिरो र डुबान पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्छः सांसदहरू

राष्ट्रिय सभाका सांसदहरूले बाढी, पहिरो र डुबान पीडितका लागि तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

बिहीवार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू शारदादेवी भट्ट, सुमित्रा बिसी, मृगेन्द्रकुमार सिंह यादवलगायतका सांसदहरूले किसानलाई मलको  आवश्यक व्यवस्था मिलाउनका लागि वितरण प्रणाली पुनरावलोकन गर्न पनि सरकारलाई सचेत गराए।

सांसद भट्टले बाढी, पहिरो र डुबान पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिन्। उनले वर्षाका कारण धेरै नागरिक पीडित भएको र उनीहरूको राहतका लागि के काम भइरहेको छ ? भनि सरकारलाई प्रश्न पनि गरिन्।

त्यसैगरी सांसदहरूले वर्षाका कारण भूकम्प पीडितहरूले झनै पीडा व्यहोर्नुपरेको उल्लेख गर्दै उनीहरूको समस्या समाधानमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद सुमित्रा बिसीले जाजरकोटमा पहिरोका कारण ५ वर्षीय बालकको समेत ज्यान गएको उल्लेख गर्दै पीडितलाई उचित राहतको व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने बताएन्।

सांसद मृगेन्द्रकुमार सिंह यादवले किसानलाई मलको अभाव नहुने गरी आवश्यक व्यवस्था मिलाउन त्यसको वितरण प्रणालीमा पुनरावलोकन गर्न सरकारलाई दबाब दिए। उनले किसानहरूले सुलभ र सहज रुपमा मल पाउने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे।

सांसद तुलसाकुमारी दाहालले सार्वजनिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि जोड दिन सरकारको ध्यानाकर्षण गराइन्। उनले सरकारले सार्वजनिक विद्यालयको शिक्षामा सुधार नगरेसम्म मुलुकको शैक्षिक क्षेत्रले प्रगति गर्न नसक्ने पनि उल्लेख गरिन्।

सांसद दाहालले एसईई परीक्षामा धेरै विद्यार्थी अनुतिर्ण भएकाले त्यस्तो अवस्था आउन नदिन पनि सरकार चनाखो हुनुपर्ने बताइन्।

प्रकाशित: २० असार २०८१ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App