२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

गगन थापाविरुद्ध रवि लामिछानेः खसीबोका बेच्ने नाममा भएको राज्यकोषको दुरुपयोगमाथि पनि छानबिन गरौं

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।  

करिब दुई महिनापछि आइतबार प्रतिनिधिभास बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगीमा आफ्नो कहीँ कतै संलग्नता नरहेको बताएका हुन् ।

उनले भने, ‘सहकारी ठगीमा मेरो संलग्नता छैन । मलाई कहीँ कतै अभियोग लगाइएको छैन । विगत १५ वर्षदेखि मैले भ्रष्टाचारका फेहरिस्त हेरेको छु । गोरखा मिडिया नेटवर्कको सवालमा मैले कहीँ पनि मेरो नाममा ऋण लिएको छैन । प्रमाण जुटाएर कारबाही गर्न आँटेको भए हुन्थ्यो । अप्रमाणित हल्ला बोकेर संसद्लाई बन्धक बनाइयो।’

कांग्रेस महामन्त्री गगन थापा, सांसद आरजू राणासहित विभिन्न कांग्रेस नेताहरुतिर लक्षित गर्दै गृहमन्त्री लामिछानले भने ‘खसी, बोका, कुखुरा र हाँस बेच्ने नाममा राज्य कोष दुरुपयोग गर्नेलाई पनि कारबाही गरौँ । ‘राहदानी दुरुपयोग गरेर जापान पठाउनेहरूलाई पनि कारबाही गरौँ।’

प्रकाशित: ६ जेष्ठ २०८१ १८:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App