२० असार २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रफाहमा जारी आक्रमण अन्तिम चरणमाः प्रधानमन्त्री नेतन्याहू

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दक्षिणी गाजाको आक्रमण अन्तिम चरणमा रहेको बताएका छन्।

बीबीसीका अनुसार नेतन्याहूले रफाहमा जारी आक्रमणअन्तिम चरणमा रहेको र यो चाँडै सकिने बताए। उनले रफाहमा युद्ध सकिए पनि हमाससँगको युद्ध अझै जारी रहने पनि प्रष्ट पारे।

नेतन्याहूले भने, ‘युद्ध तबसम्म जारी रहन्छ जबसम्म हमास सत्ताबाट बाहिरिँदैन।’

हिजबुल्लाहको तर्फबाट बढ्दो आक्रमणलाई केन्द्रीत गर्दै उनले लेबनानको सीमामा इजरायल आफ्नो सेना पठाउन तयारीमा जुटेको उल्लेख गरे।

वेस्ट बैँकमा आधारित प्यालेस्टाइन अथोरिटीलाई हमासको स्थानमा प्रशासन चलाउन दिने विषयलाई पनि नेतन्याहूले खारेज गरिदिएका छन्।

रफाहमा बढ्दो आक्रमणका कारण त्यहाँ शरणार्थीको रुपमा बसेका २ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको र इजरायली आक्रमणमा परी आपतकालीन सेवाका निर्देशकको पनि मृत्यु भएको त्यहाँका प्रत्यक्षदर्शीहरूले बताएका छन्।

साथै शरणार्थीहरूका लागि स्थापना गरिएको राहत केन्द्र पनि इजरायली हवाई आक्रमणमा नष्ट भएको बताइएको छ।

प्रकाशित: १० असार २०८१ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App